सरकारले कलाकारलाई लिएर जनता पढाउने अभियान सुरु गर्ने प्रधानमन्त्रीको घोषणा - Sital Chautari .com

ताजा अपडेट



Monday, April 2, 2018

सरकारले कलाकारलाई लिएर जनता पढाउने अभियान सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं–
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेपाली कलाकारहरुका लागि दिवाभोज आयोजना गरे । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको दिवाभोजमा नेपाली कला क्षेत्रका उल्लेख्य कलाकारहरुको सहभागिता रहेको थियो । शुक्रबार सम्पन्न ‘फान अवार्ड २०७३’ मा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले शनिबार आफ्नै निवासमा कलाकार भेला पारेका हुन् । फान अवार्ड कार्यक्रममा भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले नेपाली कलाकार र भारतीय कलाकारबीच अन्तरक्रिया कार्यक्रमको योजना सावृजनिक गरेका थिए ।
शनिबार बालुवाटारमा उपस्थित कलाकारलाई ओलीले सम्बोधन समेत गरेका थिए । प्राय: टेलिसिरियलमा देखिने कलाकारहरुसँग यसरी भेट हुन पाउदा निकै खुशी लागेको प्रधानमन्त्री ओलीले बताए । उनले अघिल्लो दिन फान अवार्डमा भेट भएपछिको लगत्तै भेटलाई दोस्रो एपिसोड भन्दा कलाकारहरुतर्फ हाँसो गुन्जिएको थियो । कलाकारीताले धेरै कुरामा सकारात्मक योगदान गर्नसक्ने भन्दै ओलीले शिक्षा र जागरण ल्याउन यसले महत्वपूर्ण योगदान दिने बताए । प्रधानमन्त्री ओलीले कलाकारहरुलाई लिएर सरकारले जनता पढाउने अभियान चलाउने समेत घोषणा गरे ।

No comments: