
पछिल्लो समयकी चर्चित मोडेल अप्सरा राई र मधुकर थापा अभिनित डान्सिङ्ग गीत “मायाको बजार” सार्वजनिक भएको छ । चलचित्र “सुर्यास्त”बाट ठूलो पर्दाको चलचित्रमा डेब्यु गरेकी अप्सरा म्युजिक भिडियोमा भने व्यास्त मोडेल हुन् ।
हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएकी मोडेल / नायिका अप्सरा राई सरल तरिकाले नृत्य गर्न सक्ने खुबी राख्छिन् भने नम्र व्यबहार र मिलनसार हुनाले पछिल्लो समयमा व्यास्त बन्दै गईरहेकी छन् । उनि हाल ठूलो पर्दाको नयाँ चलचित्रमा अभिनय गर्ने तरखरमा पनि छन् ।
मधुकर थापा मगर र बिमला लक्ष्मी राईको स्वरमा रहेको यो गीतको शब्द रचना पनि मधुकर थापा मगरले नै लेखेका हुन् । पुरुषोतम सत्यालको संगीत रहेको यो गीतको एरेन्ज भने केशव बाबुले गरेका छन् ।
अप्सरा राई र मधुकर थापा मगरको फिचरिङ्ग रहेको यो गीतको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन र रबिन बिकले सम्पादन गरेका हुन् भने शिव बिकले निर्देशन गरेका हुन् ।
No comments:
Post a Comment