नेपाली लोकदोहोरी क्षेत्रमा रहेर नेपाली कला लाई सम्मान गदै आएको अमुल्य म्युजिक प्रालीले विरही रोल्पाली कान्छाको लोकदोहोरी सौगात “खरको छानो”को भिडियो युटुव मार्फत सार्वजनिक गरेको छ ।
अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको अवस्थामा सो गीतमा पनि गरिबीको पिडालाई समेटिएको निमार्ण पक्षले जनाएको छ । आर्थिक आवस्था कमजोर हुनु र भाग्यले साथ नदिदाँ हजारौँ नेपालीहरु विदेशी भुमीमा रहेर आफनो घर परिवारको खुशीको लागी काम गर्न वाध्य भएको अवस्था लाई चित्रण गरेर गीत तयार पारेको गीतका सष्टा विष्णु अधिकारीले बताए । गायक लोक प्रेमी परियार र विरही रोल्पाली कान्छाको लोकदोहोरी गीत “खरको छानो”मा गरिवीको पिडा छ ।
गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । विष्णु अधिकारीको शब्द तथा सागर लामाको को लय गीतमा रहेको छ ।
पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय विष्णु अधिकारी भिडियोलाई निर्देशन गरेका छन् । बासु न्यौपानेले छायाँकन , रमेश विक रसायली सम्पादन रहेको भिडियोमा प्रेम घिमिरे र नैना वत्स्यालको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो

Friday, April 6, 2018
विरही रोल्पाली कान्छाको बल्ल घरकाे “खरको छानो” छाय
Tags
# कलासाहित्य
# मनोरञ्जन
# मुख्यसमाचार
About sital chautari
मुख्यसमाचार
Labels:
कलासाहित्य,
मनोरञ्जन,
मुख्यसमाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment