काठमाडौ । नेपालमा राष्ट्रपती–उपराष्ट्रपती, प्रधानमन्त्री लगायतका विशिष्टहरुको सवारी हुँदा सर्वसाधारणले धेरै दुःख पाउछन्।उनीहरुको सवारी हुँदा सडक खाली गराइ लामो समयसम्म ट्राफिक जाममा पर्दा सर्वसाधारणले पाउनु सम्मको सास्ती पाउँछन्।नेपालका राष्ट्रपती,प्रधानमन्त्री,मन्त्रीहरु लगायत विशिष्ट ब्यक्तिहरुलाई कहिकतै बाट कुनै किसिमको धम्की आएको पनि सुनिएको छैन।तर अमेरिका,रुस, बेलायत,भारत, इजरायल लगायतका राष्ट्रप्रमुखको भन्दा धेरै सुरक्षा नेपालका राष्ट्रपती,प्रधानमन्त्री लगायत विशिष्ट ब्यक्तिहरुलाई दिइन्छ।
उता संसारकै धनी देशहरु मध्येमा एक युरोपको नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथ भने साधारण साइकलमा चढेर आफ्नो कार्यलय जान्छन्।नेदरल्याण्डमा संवैधानिक राजसंस्था रहेको छ। उनी राजदरबारमा राजालाई भेट्न समेत सुरक्षा दलबल नलिइकन एक्लै साइकल चढेर चान्छन्।
उनीहरुले मितव्ययिता अपनाएको फजुल खर्च रोकेको र जनताले तिरेको करको सम्मान् गरेको कहिकतै सुनिएको छैन।अनुशासन,मितव्यिता र असल संस्कार नेताहरुले जनतालाई सिकाउने हो।तर हाम्रो जस्तो गरिब देश नेपालका नेताहरु सत्ताको दुरुपयोग गर्दै जनताले तिरेको करमा लुटतन्त्र मच्चाउछन्,मोजमस्ती गर्छन्।
न उनीहरुले नेदरल्याण्डका प्रधानमन्त्रीबाट केहि सिक्छन् न उनीहरु आफैले केहि उदाहरणीय काम गरेर देखाउँछन्।नेपालमा राजतन्त्र त सक्कियो तर अहिलेका नेता र सत्तामा पुगेकाहरुले राज्यकोष दोहन गरेर गरिब देशलाई झन्- झन् गरिब बनाएका छन्।उनीहरु सामन्ती राजा माहाराजा भन्दा केहि कमि छैनन्। अझैँ उपल्लो दर्जाका होलान् ?
No comments:
Post a Comment