एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । मस्यौदा अनुसार दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टी चलाउने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी बनेमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदा तयार भएको छ । एकले अर्कालाई नचिन्ने गरी तयार हुने विशाल पार्टी संरचनाले पार्टी नै कता पुग्ने भन्ने चिन्ता कम्युनिष्टहरुमा देखिन थालेको छ ।
नेपाल कम्युनिस्ट पार्टी बनेमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदा तयार भएको छ । एकले अर्कालाई नचिन्ने गरी तयार हुने विशाल पार्टी संरचनाले पार्टी नै कता पुग्ने भन्ने चिन्ता कम्युनिष्टहरुमा देखिन थालेको छ ।
मस्यौदाको प्रस्तावना विवादरहित नदेखिएपछि भने पार्टी एकता फेरि पनि भ्यागुताको धार्नी बन्ने हो कि भन्ने आशंका पनि जन्माएको छ । विधान मस्यौदानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्ति’ शब्द उल्लेख गरिए पनि ‘जनयुद्ध’ शब्द के गर्ने भन्ने बारेमा भने ठूलो विवाद देखिएको हो ।
माओवदीका लागि जनयुद्ध शब्द घाँटीको घन्टी हो भने एमालेका लागि त्यही घाँडो बनेको छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को अर्थ नरहने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नभई नहुने जिकिर गरेको बुझिएको छ ।
अर्को विवाद सूर्य कि सूर्यभित्र हँसिया–हथौडा भन्नेमा देखिएको छ । माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान लिएका छन् भने । एमालेजनका लागि भने सूर्य नै प्यारो बनेको छ ।
एमाले नेताहरुले सूर्य चिह्न २०४८ देखि नै जनस्तरमा गएकाले यो नै प्रिय र परिचित हुने जिकिर गरेका छन् । तर एमाओवादी आफ्नो हँसिया हथौडा नछोड्ने अडानमा छ । यही हसिया हथौडा र सूर्यले एकताको डोरीलाई क्षति पुग्ने हो कि भन्ने आशंका बलियो बनेको छ ।
त्यस्तै दुई पार्टीको भागबन्डा पनि एकताको अर्को बाधक देखिएको छ । भागबन्डा कुन अनुपातमा गर्ने भन्ने विवाद झन बल्झिएको छ । एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ भने माओवादीले समान अनुपातको अडान लिएको छ । यी विवाद नै बाम एकताका लागि महंगो सावित हुने टिप्पणी गरिएको छ ।
No comments:
Post a Comment