एसईई परीक्षार्थीलाई १ रुपैयाँमा एनसेलको ‘पहिलो सिम’ मा अफरै अफर ! - Sital Chautari .com

ताजा अपडेट



Monday, April 2, 2018

एसईई परीक्षार्थीलाई १ रुपैयाँमा एनसेलको ‘पहिलो सिम’ मा अफरै अफर !

काठमाडौं : एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरूलाई लक्षित गरी ‘पहिलो सिम’ अफर ल्याएको छ।
यो योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिद गर्न पाउनेछन्।उनीहरूले पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवा लिन सक्ने एनसेलले जनाएको छ।उनीहरूले सस्तो डेटा प्याक, बोनस डेटा र एसएमएसको लाभ पनि पाउनेछन्।यो अफर सोमबार (चैत्र १९) देखि लागू हुने एनसेलले जनाएको छ। यो सेवा लिन परीक्षार्थीले एनसेल सेन्टरमा आफ्नो परीक्षा प्रवेश पत्र र आमावाबाबुको नागरिकताको फोटोकपी बुझाएपछि यो सेवजा लिन पाउनेछन्।यो सेवा लिएपछि सेवाग्राहीले बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसभित्र दैनिक ३ घण्टा आईफ्लिक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन्।
एक वर्षसम्म ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबी डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ।यो योजना सुरु भएको दिनदेखि ९० दिन सम्मको लागि मान्य रहने एनसेलले जनाएको छ।
आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो।पहिलो सिम लिनेले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरान विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवा सक्नेछन्।माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समावेह गर्न सक्छन्। माइफाइभ समूहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट कर बाहेक ०.९९ रुपैयाँ शुल्क लाग्नेछ।ग्राहकले *5544# डायल गरी प्राप्त निर्देशनअनुसार कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा राख्न सक्नेछन्।

No comments: