सर्बाेत्कृष्ट नायक ......अनमोल, प्रदिप ,पल र दया ?? - Sital Chautari .com

ताजा अपडेट



Saturday, April 21, 2018

सर्बाेत्कृष्ट नायक ......अनमोल, प्रदिप ,पल र दया ??

4-star
नेपाली चलचित्रप्रति समर्पित अर्काे फिल्मी अवार्डको पनि नोमिनेशन पनि सार्वजनिक गरिएको छ । आज पत्रकार सम्मेलन गर्दे “छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार” को सम्पुर्ण नोमिनेशन सार्वजनिक गरिएको हो । अवार्ड नोमिनेशन हेर्दा अलिक हतार गरिएको जस्तो देखिन्छ । भर्खरै मात्र रिलिज भएका चलचित्रहरुलाई पनि समाबेश गरिएको छ जसमा प्रश्नहरु उठ्न सक्ने सम्भावनाहरु धेरै छन् ।

काठमाण्डौमा आयोजना भएको कार्यक्रममा कलाकार बसुन्धरा भुषाल, नायिका भूवन चन्द, चैत्यदेवी, नायिका निरुता सिंह लगायतले नोमिनेशनमा परेका चलचित्रकर्मी र चलचित्रलाई प्रमाण पत्र वितरण गरेका थिए । मुख्य २० विधामा बितरण हुने अवार्ड कार्यक्रम भने वैशाख १३ गते काठमाण्डौको हायात होटलमा आयोजना हुने भएको छ ।

No comments: