यो बर्ष अत्याधिक बिबादमा मुछिएका कलाकारहरु ; - Sital Chautari .com

ताजा अपडेट



Friday, April 13, 2018

यो बर्ष अत्याधिक बिबादमा मुछिएका कलाकारहरु ;

Image result for jyoti magar

बर्षको सुरुवात संगै गायिका ज्योति मगर बिबादमा मुछिन पुगिन भने संगै ज्योतिलाई पछ्च्याउदै चन्द दाहाल,तिर्सना बुढाथोकी,सरस्वति लामा लगाएतका कलाकार अत्याधिक बिबादमा मुछिए।तर जति बिबादमा मुछिए त्यति चर्चबाट बाहिरिदै गएका छन।सुरु सुरुमा बिबादमा आउदा झन् स्टेज पाउने निहुले पनि उनीहरु बिबादित गीतहरुलाई बढी स्थान दिने गर्दथे।बिस्तारै दर्शक श्रोताले यो बिषयलाई स्थान दिन छाडेपछि यी बिबादित कलाकारको भबिष्य भने अन्योलतामा पुगेको छ।बर्षको अन्तिममा चर्चित मोडल शंकर बिसी अत्याधिक बिबादमा तानिए।पत्रकारलाई धम्कि दिएको बिषयमा उनि बिबादमा तानिएका हुन्।उनले ‘मलाइ घुरेर हेर्ने तिम्रो के हैसियत छ’भन्ने प्रसंगलाइ जोडेर उनीमाथि जायियता र अन्य गालीगलौज प्रसस्त दर्शकबाट प्राप्त भयो आफुलाई असैया भएर उक्त बिषयलाई कानुनि उपचार गर्छु भन्दै कानुनको मुख सम्म पुगे बिसी।दोहोरी प्रतिष्ठानको प्रतक्ष्य दोहोरीकै समयमा उक्त बिषय भाइरल हुदा शंकर मात्रैलाई हैन सिंगो दोहोरी कलाकार माथीनै औला उठ्न पुग्यो।बिबादित कलाकारकै रुपमा उनि केहि समय जोडीन पुगे भने हाल उक्त बिषय सेलाएको छ। बर्षकै अन्तिम समयमा दोहोरी ब्याटलबाट फेरी बिबादमा मुछिए गायक प्रकाश सपुत र प्रिती आले मगर।दोहोरी ब्याटल बिषयलाई लिएर मिडियाबाट समर्थन र बिरोध दुवै बराबरी हुन थालेपछि सपूतले उक्त बिषयलाई गम्भीर रुपमा हेर्दै ब्याटल भित्र भएका केहि गतिविधिलाई हटाएर पुन गीत अपलोड गरेका थिए।गीतले दोहोरी मात्रै हैन सिंगो संगीत क्षेत्रलाईनै भुइचालो ल्याएर देखायो जसको कारण प्रकाश र प्रिती दुवै चर्चामा पुगे।यही बर्ष रोयल्टीको बिषयलाई लिएर कलाकारहरु पुन बिबादमा तानिए|दोहोरी मात्रै नभएर समग्र गीतहरु जव यातायात साधनहरुमा बजेको रोयल्टी तिर्नु पर्ने बिषयलाई जोडेर यातायात ब्यबासयी आन्दोलनमा उत्रिए पछि फेरी बिबाद उत्पन्न भएको थियो।बर्षको बीच समयमा केहि कलाकार स्टेज चड्दा बिकृति भित्याउने सैलिका ड्रेसमा जाने गरे भन्ने प्रसङ्गलाई लिएर दोहोरी प्रतिष्ठानका अद्क्ष्य बद्री पंगेनी सहितको टिमले बिरोध गर्दै ज्ञापन पत्र सहित गृह मन्त्रीलाई बुझाए संगै गायिका ज्योति मगरले छोटो कपडा लगाउन छाडिन भन्ने समाचार बाहिर आउने बितिकै ज्योतिले पुन उक्त बिषयलाई गलत ढंगले प्रचार गरेको भन्दै पत्रकार कमल सरगम र बद्री पंगेनी सहितकोको टिममाथि  आक्रोश सहितको सामाजिक पोस्ट लेखेर  उनले आफु आफ्नो ड्रेससप अनुसार हिड्न पाउने अधिकार रहेको भन्ने प्रसंगलाई जोडेपछि उक्त बिषय बिबादित सहित भाइरल भएको थियो।कार्यक्रम हाम्रो भाकाले चोरि सृजनाहरुलाई पर्दाफास गर्दै आएको त् जानकारनै छ सोहि बीच चर्चित गायक सरोज लामिछानेले अग्रज गायक धनाराम मुस्कानको सृजना चोरेको बिषय भाइरल भयो उक्त बिषय माथी हाम्रो भाका संचालक कमल सरगमले दुवै कलाकारलाई एकै ठाउँमा राखी दुवै बीच एक आपसमा मिलन गराई उक्त सृजनामा दुबैको उति अधिकार रहेको भन्ने बिषयलाई बाहिर ल्याउदै सरोज र धनाराम मुस्कानको सम्बन्ध कायम राख्नुभएको थियो भने उक्त सृजनालाइ अबको दिनमा सरोजले धनाराम मुस्कानकै हो भन्दै हिड्ने सरोजले प्रतिबद्धता जायर गरेका थिए|बर्षकै सुरुवातमा छाडा गीतको बिषयमा कलाकार प्रकाश कटुवाल बीच कमल सरगमको भनाभन समेत भयो भने बर्षको आधा आधिमा चर्चित गायक बम बहादुर कार्कीको सृजना राम प्रसाद खनालले दुरुस्तै चोरी गरेको र आफुले गल्ति गरेको न सुइकारे पछि उक्त बिषयलाई फलोअपमै रहे।अझै उक्त बिषय टुंगिएको छैन।कार्यक्रम हाम्रो भाकाले कलाकारकै हितको लागि भनेर हरेक हप्ताको सोमबार भने प्रतक्ष्य दोहोरी सुरुवात गरेको छ।फरक दिन फरक तवरबाट आउने उक्त कार्यक्रम देशभरबाट प्रसारण हुने गर्दछ।सयौ रेडियोले प्रसारण गर्ने यो कार्यक्रम हाम्रो भाका बिशेष श्रोता/दर्शक मुखी र गाउँमुखी कार्यक्रम बन्न सक्यो।सजिलै हेर्न र सुन्न सकिने उक्त कार्यक्रम सिटिजन एफएमकै पहिलो प्रतक्ष्य कार्यक्रम समेत बन्न सकेको थियो।यही कार्यक्रमबाट रेडियोको कार्यक्रम प्रशारण सुभारम्भ भएको थियो।
रेडियोका प्रबन्ध निर्देशक बिजन दुवाडीको डिजाइनमा तयार हाम्रो भाकालाइ अझ अगाडी बढाउन रेडियोका कार्यक्रम प्रमुख बिकेन तिमिल्सिनाले अझ नयाँ ढंगबाट जान सैली र नयाँ नयाँ बिषयलाइ जोड दिएका थिए।संगै स्टेसन म्यानेन्जर रमण बस्नेत र रेडियोका अधक्ष्य बिष्णु नेपालको साहयातामा रेडियो प्राबिधिक प्रमुख सबिन ढकालले यो कार्यक्रमलाइ अझ स्तरीय बनाउन नयाँ नयाँ बिषयलाई जोड दिएका हुन।
हाम्रो भाका अहिले सिटिजन एफएम को नेटवर्क मार्फत देशभरका एफ एममा एक साथ् प्रशारण हुने गर्छ।

No comments: