बैसाख पहिलो हप्ता पार्टी एकता हुने प्रचण्डको भनाई ,, - Sital Chautari .com

ताजा अपडेट



Thursday, April 5, 2018

बैसाख पहिलो हप्ता पार्टी एकता हुने प्रचण्डको भनाई ,,


२२ चैत, काठमाडौं – माओवादी अध्यक्ष प्रचण्डले आज आफ्नो निवास खुलम्टार एक कार्यकर्ममा बोल्दै छिटै पार्टी एकता हुने बतायका छन् ।दुइ पार्टी बीच छलफल भैसकेको छ, प्रधानमन्त्री केपी ओली भारत भ्रमण जानु भन्दा अगाडी नै पार्टी एकता गर्ने भन्ने कुरा भयपनी केहि आन्तरिक कुरामा सहमति नभयपछि एकता रोकियको हो ।अब हामि बैसाखको पहिलो हप्ता सम्म पार्टी एकता गरि सक्छौ प्रचण्डले भने ।
कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।रौतहटबाट दुई दर्जन भन्दा बडी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् त्यहि समयमा प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे ।
चुनाब चिन्नको लागि छलफल भैरहेको छ जनयुद्दको बिषयमा सहमति भयो प्रधानमन्त्री भारत भ्रमण बाट आय पछि छलफल गर्छौ यहाले दोहोर्याउनु भयो। प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेकोपनि बताए ।

No comments: