पोखरा– मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र प्रहरी बीच झडप हुदाँ ७ प्रहरीसहित केही आन्दोलनकारी घाइते भएका छन् ।
केही दिनयता उनीहरु अस्पताल प्रशासन अगाडि धर्नासमेत दिदै आएका थिए । सोमबार प्रहरीले धर्नामा हस्तक्षेप गरेको आन्दोलनकारीले बताउँदै आएका छन् भने प्रहरीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्याउन खोजेको आरोप लगाएको छ ।
प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको र अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको र अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन् ।
प्रहरी र आन्दोलनकारीबीच केही बेर झडप भएको थियो। आन्दोलनकारीमध्ये २० जनालाई पक्राउ गरिएको र झडपका क्रममा ७ प्रहरी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।
आन्दोलनकारीको प्रहारबाट अस्पताल भवनका केही शिशा फुटेका छन् ।
No comments:
Post a Comment