आफनी बुबा ले गरे छोरि को हत्या : छोरीको हत्या गर्ने बुवा र सौतेनी आमा पक्राउ - Sital Chautari .com

ताजा अपडेट



Thursday, March 29, 2018

आफनी बुबा ले गरे छोरि को हत्या : छोरीको हत्या गर्ने बुवा र सौतेनी आमा पक्राउ

वर्णवालको गत फागुन १३ गते मृत्यु भएको सम्बन्धमा आफन्त तथा गाउँटोल छरछिमेकी समेतलाई जानकारी नदिई ई–रिक्सामा राखी रानीघाट स्थित समसानघाटमा लगि दाहसंस्कार गरेका थिए । घटनाबारे चैत १४ गते मात्रै प्रहरीले जानकारी पाएको थियो । प्रहरीका अनुसार सत्यनारायण वर्णवालको जेठी श्रीमती मन्जु देवीको २०६० सालमा स्टोभ पड्की जली घाईते भई उपचारको क्रममा काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो । उनीहरुबाट नेहा र छोरा निरज कुमार बर्णवालको जन्म भएको थियो । निरज १४ वर्षका छन् ।
जेठी श्रीमतिको मृत्यु भएको एक वर्षपछि सत्यनारायणले पर्सा भौराटार वडा नं.७ पटनी बस्ने राजिन्द्र प्रसादको छोरी बर्ष ३० की गिता देवीसँग विवाह गरेका थिए । उनको तर्फबाट पनि दुई छोराको जन्म भएको छ ।
जेठी श्रीमती मन्जु देवी वर्णवालको कोखबाट जन्मिएकी नेहा कुमारी बर्णवालाई निजको बुबा सत्यनारायण र सौतेनी आमा गिता कुमारीले दिनहुँ गाली गलौज गर्ने गर्दैै आएका थिए ।‘भारतीय एम्बुलेन्स गाडीमा राखी रानीघाट पुर्‍याएको र डोमलाई ६ हजार दिएर शवको दाहसंस्कार गरेको बुझिएको छ’, उनले भने, ‘छरछिमेकीहरुले छोरी नेहा खोई भन्दा फुपूको घर भारत गएको भनी ढाँट्दै आएकोले घटना शंकास्पद देखिएकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’
उनको फागुन १३ गते नै मृत्यु भएको भएपनि आफन्त र गाउँटोल छरछिमेकी तथा सम्बन्धित निकायहरुमा समेतलाई जानकारी नदिई लुकाएकोले उनीहरु विरुद्ध ज्यान सम्बन्धि मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।
अनलाइन खबर बाट

No comments: