केन्द्रीय सदस्यहरु रामशरण महत, बलबहादुर केसी र धनराज गुरुङले निर्वाचनमा उम्मेद्वार छनोट गर्दा टिकट वितरण गर्नुपर्ने नेताहरुले बिक्रि गरेको गम्भिर आरोप मात्र लगाएनन त्यसको छानविनको पनि माग गरे । सबै भन्दा पहिले पार्टीसभापति शेरवहादुर देउवालाई प्रश्न गर्ने नेता हुनुहुन्थ्यो–बलवहादुर केशी । उहाँले सभापति देउवाको परिवारबाटै टिकट बेचिएको सगीन आरोप लगाउनु भयो ।
टिकट बिक्रि गरेको आरोप सभापति देउवामाथी मात्र होइन वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी पनि लाग्यो। बैठकमा पौडेललाई प्रश्न गर्दे केन्द्रीय सदस्य धनराज गुरुङले भन्नुभयो ।
दुइ दिन लगातार दुई जना केन्द्रीय सदस्यले नेताद्वयलाई जोडेर गम्भिर आरोप लगाएपछि अर्का नेता रामशरण महतको बोल्ने पालो आयो । मतहले पनि टिकट बिक्रि भएको र पार्टीको साधारण सदस्यनै नभएको मान्छेले टिकट पाएको भन्दै छानविनको माग गर्नु भयो ।
जिल्ला जिल्लाबाट टिकट बिक्रि भएको लिखित उजुरीनै आएका छन । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मात्र होइन स्थानिय तहको निर्वाचनमा पनि टिकट बिक्री भएको कार्यकर्ताको गुनासो छ । पार्टीको साधारण सदस्य नै नभएका मान्छेले टिकट कसरी पाए ? यसको छानविन हुनुपर्छ”
पछिल्लो समयमा हरेकपार्टी भित्र निष्ठवान नेता कार्यकर्तालाइ पाखा लगाइएको-डनवाद र धनवाद हावि भएको आरोप लागी रहेका बेला कांग्रेस केन्द्रीय समितिमा नै टिकट खरिद बित्रीबारे उठेका प्रश्नले हाम्रा दलहरुभित्र मैलाएको विकर्तिलाइ छरपस्ट पारेको छ । लोकतन्त्रलाइ मजबूत बनाउन दलहरुले यस्तो विकृति त्याग्नै पर्छ यसको कुनै विकल्प छैन ।
No comments:
Post a Comment