अहिले सम्मकै अनौठो तरिकाले पर्सामा भयाे बलात्कार - Sital Chautari .com

ताजा अपडेट



Friday, March 30, 2018

अहिले सम्मकै अनौठो तरिकाले पर्सामा भयाे बलात्कार

                               

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई सामूहिक बालात्कार गर्ने तीनजनालार्इ प्रहरीले पक्राउ गरेकाे छ।
निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीनजना युवकले बलात्कार गरेका थिए ।पक्राउ गरेकाे छ।
निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीनजना युवकले बलात्कार गरेका थिए ।
पक्राउ परेकाहरूलार्इ  भाेलि सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ । घटना सार्वजनिक भएपछि प्रहरीले १९ जनालार्इ नियन्त्रणमा लिएर साेधपुछ गरेकाे थियाे ।
त्यसक्रममा बलात्कार गर्ने तीनजनाकाे पहिचान खुलेपछि अन्यलार्इ छाडेकाे पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए ।
बालिका बालात्कारबाट गम्भीर घाइते भएकी छिन् । उनकाे वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तर, स्वास्थ्य अवस्था अहिले पनि जटिल रहेकाे उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
हिजाे अपरान्ह विद्यालयबाट घर फर्किएपछि अर्की एकजना साथीसँग बाख्रालार्इ घाँस लिन गाँउनजिकको खेतमा गएकी बालिकालार्इ पोखरीमा माछा मारिरहेका तीनजना युवकले माछा दिने प्रलाेभन देखाएर एकान्त स्थानमा लगेका थिए ।
त्यसपछि जबर्जस्ती गर्न खोज्दा एकजना बालिका उम्केर भाग्न सफल भइन् भने अर्की बालिकामाथि  कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए ।

No comments: