आर्मीका खेलाडीले विपक्षी खेलाडीलाई मैदानमै कुटेपछि… - Sital Chautari .com

ताजा अपडेट



Saturday, March 31, 2018

आर्मीका खेलाडीले विपक्षी खेलाडीलाई मैदानमै कुटेपछि…

सर्लाही– राजर्षि जनक कप फुटबलअन्तर्गत शनिबारको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धी सुदूरपश्चिम ११ का खेलाडीमाथि मैदानभित्रै कुटपिट गरेका छन्।

दोस्रो हाफको २२ मिनेटसम्ममा २–१ को स्कोरले पछि परेको आर्मीका खेलाडीले सुरुदेखि नै रफ खेलिरहेका थिए। त्यही क्रममा सुदूरपश्चिमका ११ नम्बर जर्सी एरोनाले डबल एलोसहित रेड कार्ड पाए।मध्यान्तरको २२ मिनेटमा रेड कार्ड पाएका एरोनालाई लगत्तै आर्मीका खेलाडीले मैदानभित्रै कुटे। खेलमा एरोना सुरुदेखि नै आर्मीको निशाना परेका थिए। मैदानभित्रै खेलाडी कुटिएपछि फिफाका रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिए।

त्यसपछि विवाद बढ्दा खेल रोकियो। १ गोलले पछि पर्दै हार्ने अवस्था आउँदा आर्मीका खेलाडीले पावर देखाएपछि मैदानमा झडप भयो। अहिले खेल रोकिएको छ। आर्मीले रवाफ देखाएपछि स्थानीय दर्शक आक्रोशित बनेका छन्।

दोस्रो राजर्षि जनक कप फुटबलको उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिडेका थिए। खेलमा सुदूरपश्चिम बलियो देखिएको छ।

No comments: