
ट्राफिक प्रहरी महाशाखाले बिदाका दिन सरकारी नम्बर प्लेटका सवारीसाधन सडकमा अनुमति बिना चलाएको भन्दै ४९ सरकारी सवारीलाई नियन्त्रणमा लिएको हो। यसअघि सरकारी सवारी बिदाका दिन चलाउनेदेखि पारीवारीक कामका लागिसम्म प्रयोग भएको बताउँदै अब यस्तो हुन नदिने बताए। शनिबार नियन्त्रणमा लिएका सवारीधान कानुनी प्रकृया पुर्याएर संबन्धित सरकारी कार्यालयलाई बुझाइने उनले बताए।
ट्राफिक महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले बिदाको दिन सरकारी सवारीसाधन चलउन नपाइने नियम भएको भन्दै पालना नगर्नेलाई शनिबारबाट कारबाही गर्न सुरु गरेको बताए।
उनले भने, ‘कार्यालयको प्रयोजनका लागि दिइएको सवारीसाधन बिदाका दिन किन चलाउने? बिदाका दिन चलाउने हो भने सम्बन्धित निकायबाट पास बनाएर चलाए भयो नि!’
No comments:
Post a Comment