तिम्रो बलात्कार बाट म एउटा खतरनाक संन्तान जन्माउदै छु । सरु सुनार - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 23, 2018

तिम्रो बलात्कार बाट म एउटा खतरनाक संन्तान जन्माउदै छु । सरु सुनार

तिम्रो बलात्कार बाट म एउटा खतरनाक संन्तान जन्माउदै छु ।

सरु सुनार

कति लाउछौ भोटे ताल्चा मेरो स्वतन्त्रतामा 
कति निषेधित गर्छौ , स्कुल , धारा पधेरामा 
कति गर्छौ मेरा भावनालाई बलात्कार ???

तिमिले अछुत , दलित भनि गरेको मेरो निस्च्ल, निस्कपट भावनाको बलात्कार ,
अब म सहन नसक्ने भै सकेकी छु 
त्यही तिम्रो बलात्कारबाट एउटा कठोर संन्तान जन्माउदै छु ।
कति गर्छौ बलात्कार?? मेरो निर्दोष निस्चल र निस्वार्थ मनको प्रेमलाइ , 
कति गर्छौ सानो जात देखाइ बलात्कार ? बिवाहा जस्तो पबित्र बन्धन र सिउँदोको सिंन्दुरको बलात्कार 
अब त म सहन नसक्ने भै सकेकी छु 

तिमिले दिएको झुटो प्रेमको नाटक , लुटेका मेरा पबित्र यौबन ,
तिम्रो बाबाले दलित केटि भित्राउन सक्दिन भनी , 
 तिम्रो आमाले गरेको अस्विकार ,
समाजले गरेको बहिस्कार,
अनि तिमीले सरि है भनी दोबाटोमा अलपत्र पारी फालिदिएको मेरो जिन्दगी ,
अब म यी बलात्कार  सहन नसक्ने भै सकेकी छु 
तिमिले गरेको बलात्कारको बिजारोपण मेरो कोखमा बसिसकेको छ ,
मेरो आफ्नो अधिकार र तिम्रो अशंको दाबेदार
एक खतरनाक तिम्रो अन्तिम चिहान बनी एक सन्तान मैले जन्माउदै छु ।

कति गर्छौ मेरो आत्मसंमानको बलात्कार ???
मेरो स्वभिमान, तिरंस्कार अनि मानव अधिकारको बलात्कार 
तिमिले तल्लो जात भनी गरेको मेरो आत्मसंमानको बलात्कारबाट
तिम्रो खोक्रो आदर्स र जातिबादलाई बहिस्कार गर्ने
एउटा संमानित सन्तान जन्माउदै छु 
कति लाउछौ बन्देज धारा पधेरा,
मन्दिर र सार्बजनिक स्थलमा दलितलाइ निशेधित भनी तालाबन्दि 
कति गर्छौ सार्बजनिक स्थलमा मेरो इज्जतको बलात्कार ???
दुनियाँलाई साक्षि राखी गरेको सार्बजनिक स्थलमा मेरो इज्जतको बलात्कार,
अब म सहन नसक्ने भै सकेकी छु ,

मेरो इज्जतको खुलेलाम दुनियाँको अगाडि बलात्कार हुदा ,
रमिते बन्ने यो समाजलाई चुनौती दिदै समाजको अगाडि मेरो इज्जत फर्काउन ।
म तिम्रै बिर्यको भयाङकर शक्तिवान सन्तान जन्माउदै छु ,।
तिमिलाइ भष्म गर्न तिम्रै आफ्नै सन्तान जन्माउदै छु ।

कति गर्छौ बलात्कार ,???
मेरा अधिकार र मैले पाउने हिंस्साको 
म पनि त यहि देशको नागरिक हो ,
मैले पाउने मेरो अधिकारलाइ बन्चित गरि खुलेलाम अन्य समुदायलाइ थुपारि
 मेरो अधिकारको बलात्कारको बदला लिन ,
म तिमिहरुसंग मेरो गुमेको मेरो अधिकार खोस्न,
तिमिले गरेको बलात्कारबाट म एक साहसी सन्तान जन्माउदै छु , ।।।

कति गर्छौ दलितको लागि कानुनको बलात्कार ,  
कानुन सबै नागरिकको लागि समान हो भन्दा भन्दै ,
दलितको लागि गरेको कानुन कार्यन्वयनको बलात्कार
म अब सहन नसक्ने भै सकेकी छु 
त्यसैले त तिमिले नगरेको कानुन कार्यन्वयनको बलात्कारको बदला लिन
सडक बाटै न्याय दिलाउन एक बलवान् , भुसतिघ्रे सन्तान जन्माउदै छु ।

सक्छौ भने रोक हे  ठुला जात भनाउदाहरु
हाम्रा , आत्मसम्मान , स्वतन्त्रता र स्वभिमानको बलात्कार गर्न ,
तिमिले गरेको हाम्रा पशिना , श्रम सिपको बलात्कारबाट
भयङकर आगोको मुस्ला दन्किएको छ ,
बम बारुद जस्तै अपमान बिभेदको शिकारबाट यो छाती चर्किएको छ ।।

अब पनि बन्द गर्दैनौ भने जातिय छुवाछूत र विभेद , कुसंस्कारको अन्त्य गर्दैनौ भने
अब एक आधीहुरि , बेग , तुफान सगै
तिम्रा बलात्कारबाट यहाँ प्रतिकार गर्न हजारौं सन्तान जन्मिने छन् ,
तिम्रा अहमता , घमण्ड चुर्ण गर्न अब हजारौं सन्तान जन्मिने छन् 
हजारौं सन्तान जन्मिने छन्
हजारौं सन्तान जन्मिने छन्  

(लेखिका जातिय विभेदविरुद्ध सशक्त आवाज उठान गर्ने जागरुक अभियन्ता हुनुहुन्छ ।)

No comments: