‘पद्मावत’ को सक्सेसपछि रणवीरलाई लाग्यो ठुलो झट्का, आमिर बने यसको कारण! - Sital Chautari .com

ताजा अपडेट



Monday, May 7, 2018

‘पद्मावत’ को सक्सेसपछि रणवीरलाई लाग्यो ठुलो झट्का, आमिर बने यसको कारण!

Image result for amir khan

एजेन्सी, चलचित्र रामलीला, बाजीराव मस्तानी र पद्मावत लगायतको सुपरहिट चलचित्र दिएका अभिनेता रणवीर सिंहलाई ठुलो झट्का  लागेको छ । चीनियाँ मोबाइल कम्पनी वीवोले भारतमा आफ्नो ब्रान्ड एम्बेसडर रणवीर सिंहलाई बिदा गरेका छन्।  उनको सट्टा एक सुपरस्टारलाई छानिएको छ । चीनियाँ मोबाइल कम्पनी वीवोले आमिर खानलाई हायर गर्ने भएको छ । वास्तवमा अभिनेता रणवीर सिंह भारतमा कम्पनीको ब्रान्ड एमबेसडर हुन् र अब कम्पनी चीनमा पनि आफ्नो मोबाइललाई लन्च गर्ने प्लान गरिरहेको छ ।  त्यसैले उनले यसको लागी आमिरलाई छानेका छन् ।  आमिर खानको तुलनामा रणवीर सिंह चीनमा त्यति प्रख्यात छैनन् किनकि चीनमा आमिरको चलचित्र दंगल, सीक्रेट सुपरस्टार निकै नै चर्चित भएको थियो । जसको कारणले आमिर चीनमा प्रखय्त रहेका छन् । त्यसैले कम्पनीले फैसला लिएको छ कि चीनमा आमिरको पपुल्यारिटीलाई मध्यनजर गर्दै उनलाई वीवोको ब्रान्ड एम्बेसडर बनाइने भएको छ । कम्पनीले यो पनि बताएको छ कि रणवीरको साथ अब कम्पनीको सम्झौता पनि सकिएको छ । अब आमिर बन्नेछन् वीवोको ब्रान्ड एमबेसडर ।

No comments: