
हिजो सम्पन्न भएको रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितिको पहिलो अधिवेशनमा अध्यक्षका प्रत्यासी उम्मेदवार कमल बिस्टलाइ हराउन भूमिका खेलेको,चुनाबमा असहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा चर्चित गायक बद्रि पंगेनीलाइ ज्यानमार्ने धम्कि आएको छ|गयराती करिब साढे १ बजे ९८५११८४८४७ नम्बरको मोबाइलबाट फोन गरेर पंगेनीलाई धम्कि दिएको कुरा बताइएको छ| “तलाई बाच्न मन छ कि छैन कहाँ छस ” भन्दै धम्कि दिएको र पछी आफ्नो नाम समेत बताएको मान्छे आफु चुनाबमा कुनै पदकोलागि उम्मेदवार नभएको,तर कमल बिस्टको सहयोगी खगेन्द्र सुनार भएको बुझिएको छ|धम्किवालाले राति धम्काउनकोलागि प्रयोग गरेका सबै मोबाइलहरु अहिले स्विच अफ गरिएको बताउँछन् अध्यक्ष पंगेनी,पंगेनीले घटना पश्चात आफुले दरबारमार्गमा गएर प्रहरीलाई निवेदन दिएको बताउंदै बिहान आफुलाई धम्किवालाबाट sorry भन्ने message आएको बताए|अब माफी दिनुहुन्छ त या दिनुभयो ?भन्दा यो बिषय व्यक्तिगत नभई संस्थागत भएकोले प्रतिष्ठानको बैठक बसेर यस सम्बन्धमा संस्थाको आधिकारिक धारणा सार्बजनिक गर्ने बताउंदै हिजोको अधिवेशनमा आफु उपस्थितसमेत नभएको कुरा पंगेनीले बताए|
रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको बैठकले उपत्यका समन्वय समितिको मातहतमा रहनेगरी २ वटा जिल्ला समिति सरहका समिति बिस्तारगरि संस्थामा सहभागी हुन् चाहने कलाकारलाई समेटेर आगाडी बढ्ने निर्णय गरेको थियो|त्यसै अनुरुप् तदर्थ समिति गठन गरेर लाजिम्पाट र अनामनगर समितिले अधिवेशनको आयोजना गरेका थिए |हिजो नारायणहिटी उत्तरढोका स्थित दरवार दोहोरि साँझको हलमा सम्पन्न भएको अनामनगर समितिको अधिवेशनमा कार्यव्यस्तताले केन्द्रिय अध्यक्ष बद्रि पंगेनी उपस्थित हुन नसकेपछि खुल्ला सत्रको प्रमुख आतिथ्यता निवर्तमान अध्यक्ष चन्द्र शर्माले गरेका थिए |तदर्थ समितिका सह संयोजक खेम सेंचुरिको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रमा बिशिस्ट अतिथिको रुपमा केन्द्रिय सचिबहरु खुमन अधिकारि,कृष्ण रेउले,राधिका हमाल सह कोषाध्यक्ष टीका पुन केन्द्रिय सदस्यहरु शिब हमाल,राजन गुरुङ,इश्वोरी भुसाल,कृष्ण आँशु ,बैकुण्ठ महत ,बसन्त थापा,देवी घर्ति,मुना थापा,जमुना राना ,उपत्यका समन्वय समितिका अध्यक्ष पी.एन. सापकोटा,बरिस्ठ उपाध्यक्ष सुजन लम्साल,प्रथम उपाध्यक्ष राजकुमार रायमाझी,संरक्षक पृथिवी थकाली लगायतको उपस्थिति थियो|अधिवेशन सम्पन्न गर्नको निमित्त केन्द्रिय सदस्य शिब हमालको नेतृत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो|सदस्य पदमा केहि उम्मेदवारी बढी परेपनि समझदारी कायम गरेर निर्वाचन गर्नु परेन तर पदाधिकारीमा निर्वाचन भएको थियो|हिजो सम्पन्न अधिवेशनबाट खेम सेंचुरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ |
No comments:
Post a Comment