नेपाल म्युजिक अवार्ड, भव्य र सभ्य ,क–कसले जिते अवार्ड ? - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 5, 2018

नेपाल म्युजिक अवार्ड, भव्य र सभ्य ,क–कसले जिते अवार्ड ?


विभिन्न ४३ विधाका संगीतकर्मीलाई अवार्ड प्रदान गर्दै चाहाना मिडियाले पहिलो पटक आयोजना गरेको नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । सन् २०१७ भित्र सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो । काठमाडौँको होटल अन्नपूर्णमा आयोजित विशेष समारोहमा ३८ नियमित विधा र अतिरिक्त ४ विधाको अवार्ड सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा सांगीतिक क्षेत्रका अग्रजहरुले वितरण गरे ।
‘कार्यक्रम भव्य र सभ्य’
नेपाल म्युजिक अवार्ड सम्पन्न भएसँगै कार्यक्रम संयोजक सहदेव कोइरालाले भव्य र सभ्य भएको बताए । ‘विविध चुनौतीका बीच अवार्ड कार्यक्रम सफल भएको छ,’ उनले भने, ‘सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।’ उनले अर्को वर्ष हुने अवार्डमा आफू संयोजक नहरने घोषणा पनि गरे । ‘यस वर्ष मेरो संयोजकत्वमा अवार्ड कार्यक्रम सफल गरियो, अब अर्को वर्ष हुने अवार्डमा म गर्न सक्छु भन्नेलाई संयोजक बनाएर काम गरिने छ ।’ उनले भने ।
नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिष्पर्धा गराउँदा नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरी वितरण गरेको छ ।
त्यसअनुसार कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गरिएको संयोजक कोइरालाले बताए । यो विधिबाट अवार्ड प्रदान गर्दा नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान भएको उनको भनाइ छ ।
कुन विधामा कसले जिते अवार्ड ?
1. BEST MODEL FEMALE ADHUNIK POP
प्रियंका कार्की – ‘लाइदेउन मायाले’
2. BEST MODEL MALE ADHUNIK POP
निराजन प्रधान- ‘अलग अलग’
3. BEST MODEL FEMALE LOK DOHORI
रन्जिता गुरुङ – ‘हे भगवान’
4. BEST MODEL FEMALE NEW LOK DOHORI
करिष्मा ढकाल – ‘लाहुरेको छोरीले’
5. BEST MODEL NEW FEMALE ADHUNIK POP
श्रीष्टि खड्का -‘ कहिले तिम्रो’
6. BEST MODEL MALE NEW ADHUNIK POP
देबिन्द्र छेत्री – ‘नचाहेरै तिमिसंग’
7. BEST MODEL MALE NEW LOK DOHORI
आशिर प्रताप – ‘आशुको कारखाना’
8. BEST SINGER FEMALE LOK DOHORI
बिष्णु माझी – ‘आशुको कारखाना’
9. BEST SINGER FEMALE ADHUNIK POP
अन्जु पन्त – ‘छुटेउ भने’
10. BEST SINGER MALE NEW LOK DOHORI
खेम सेन्चुरी – ‘तामे करुवा’
11. BEST SINGER MALE NEW ADHUNIK POP
ज्ञान सुब्बा – ‘यति धेरै’
12. BEST SINGER FEMALE NEW LOK DOHORI
सम्झना भण्डारी – ‘छिन छिन बज्ने चुरा’
13. BEST SINGER FEMALE NEW ADHUNIK POP
पुर्णिमा लामा -‘ तिम्रो यौटा’
14. BEST MODEL MALE LOK DOHORI
महेन्द्र गौतम – ‘हे भगवान’
15. BSET MUSIC ADHUNIK POP
काली प्रसाद बास्कोटा – ‘सुन साइली’
16. BEST LYRICS NEW LOK DOHORI
केशब घिमिरे – ‘अन्धोपनको माया’
17. BEST LYRICS NEW ADHUNIK POP
सिव पौडेल -‘ तिम्रो बोलि’
18. BEST MUSIC NEW LOK DOHORI
ऋषि खड्का – ‘भाग्य’
19. BEST MUSIC NEW ADHUNIK POP
ऋषि खड्का – ‘घरको धुरी’
20. BEST SINGER MALE LOK DOHORI
पुस्कल शर्मा – ‘फ्यान’
21. BEST SINGER MALE ADHUNIK POP
प्रमोद खारेल – ‘म बाचेको’
22. BEST CAMERAMAN LOK DOHORI
करन चैसिर – ‘धौलागिरी हिमाल’
23. BEST CAMERAMAN ADHUNIK POP
अर्जुन तिवारी -‘यति धेरैमाया’
24. BEST DIRECTOR LOK DOHORI
कपिल लामा – ‘बरु यसै दुखि छु’
25. BEST VIDEO EDITOR LOK DOHORI
दिपक विस्ट – ‘छिन छिन बज्ने चुरा’
26. BEST VIDEO EDITOR ADHUNIK POP
निशान घिमिरे – ‘यति धेरै’ =>20
27. BEST ARRANGER ALL
हेमन्त शिशिर – ‘यति धेरै’
28. BEST RECORDER ALL
श्याम स्वेत रसाइली – ‘प्रिज्मरेकर्डिङ्ग स्टूडियो’
29. BEST NEW DIRECTOR ALL
मौसम हिमाली – ‘प्यार प्यार’
30. BEST MUSIC COMPANY
सुनिल लामिछाने – ‘गोर्खा चौतारी’
31. BEST VIDEO DIRECTION ADHUNIK POP
बिशाल भण्डारी ‘यति धेरै’
32. BEST NATIONAL AND CULTURAL SONG
‘प्रदेश नम्बर ७’ बिनोद बाजुराली
33. BEST LOK SONG
‘मेरी आमा’ राम प्रसाद पौडेल
34. BEST SONG ADHUNIK POP
‘सुन साइली’ हेमन्त राना
35. BEST DOHORI SONG
‘अन्धोपनको माया’ मौषम गुरुङ
36. BEST LYRICS LOK DOHORO
शिव हमाल ‘खादै नखाको बिष’
37. BEST LYRICS ADHUNIK POP
रमेश बिजी ‘ म हुरीमा
38. BEST MUSIC LOK DOHORI
कस्तुप पन्त ‘डाली सुकेर’
39. Best Encouragement Award Actor
अनु पराजुली
40. Best Encouragement Award Creator
केशव सापकोटा
41. Best Encouragement award Debut Director
काजिस श्रेष्ठ
42. Best Online Choice Award
पल शाह
43. Best SMS Award
शंकर बिसी
44. Jury Award
रामजी खांड

No comments: