काठमाडौं : सधैं चर्चा रहिरहने गायिका ज्योती मगरले आफ्नो जन्मदिन यसपटक फरक ढंगले मनाएकी छिन् । स्टेज प्रफर्मेन्स र खासगरी पोशाकका कारण चर्चामा रहिरहने गायिका ज्योतीले यसपटक बालआश्रमका बालवालिकाहरुलाई आर्थिक सहयोग गरी जन्मदिन मनाइन्।
वैशाख २९ गते परेको ज्योतीको जन्मदिनमा उनले एकिकृत सिर्जनशिल समाज काठमाडौंका बालबालिकाहरुलाई नगद ४५ हजार र १० हजार बराबरको खाद्यान्न सहयोग गरिन्। मगर पहिरनमा बेलुकीपख बालआश्रममा पुगेकी गायिका ज्योतीले त्यहाँका ४० जना बालवालिकाहरुसँग केक काटेर जन्मदिन मनाइन्। त्यस अवसरमा एकै दिन जन्मदिन परेकी अर्की गायिका सिर्जना खत्रीसँगै ज्योतीले केक काटिन ।
खासगरी मेला, महोत्सवहरुमा दिने प्रस्तुतिका कारण हट एण्ड सेक्सी गायिकाको परिचय बनाएकी गायिका ज्योतीले पछिल्लो समय सामाजिक सेवामा समेत बिस्तारै हात बढाएकी छिन। धेरै नसकेपनि बालबालिकाहरुको मुहारमा खुसी ल्याउन आफुले सक्ने जति सानो प्रयास गरेको उनले बताइन् । 'हामीलाई आफ्नै १/२ जना सन्तान हुर्काउन त कति गाह्रो भइरहेको हुन्छ। यति धेरै बालवालिका एकैठाउँमा राखेर हुर्काउनु, पढाउनु लेखाउनु सानो कुरा होइन', ज्योतीले भनिन 'त्यसैले मैले आफुले सक्दो सहयोग गर्ने प्रयास गरेकी हुँ। मेरो तर्फबाट थप पहल गर्नेछु। कम्तिमा १ दिन भएपनि यी बालबालिकाको मुहारमा खुसी ल्याउन सकियोस् ।'
उनले केही समय पहिले थर्ड आइ नामक संस्थामार्फत लागुऔषध दुर्व्यसन पीडितहरुका लागि सहयोग गरेकी थिइन ।
No comments:
Post a Comment