
वैशाख , नेपाल लोक आइडल-२०७५’ हुने औपचारिक घोसना भयको छ । जुन यो नेपालमा पहिलो पटक हुँदै छ र यसको धनराशी पनि ठुलो रहने छ।
सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा लोक आइडल हुन लागेको हो ।
आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पहिलो चरणमा सातैवटै प्रदेशमा प्रतिभाहरुको छनोट गरिने बताउँदै संयोजक पन्तले भने,।
हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनै पनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं,। अरु भन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न सबैको साथ मिल्ने मैले आशा गरेको छु ।
त्यस्तै आइडलका निर्देशक सुरेन्द्र दाहालले नेपाल लोक आइडल-२०७५ ले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने दावी गरे ।
जसमा प्रथम हुनेले ३० लाख दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्, यो आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत संगीतको संरक्षणको लागि आफूलाई सर्मपित बनाउने छन् ।
नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले बताए ।
उनले भने,’नेपाली लोक संस्कृतिको प्रहारलाई रोक्न र नेपाली लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलले थोरै भएपनि भूमिका खेल्छ,।लोक संस्कृतिको आधारमा स्थानीय निर्णायकद्धारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।
गीत संगीत हरु गर्दै जाने क्रममा पछाडी पार्न खोज्ने हरु धेरै छन् , यो कार्यक्रमले प्रतिभाको खोजि गर्ने छ र उचित स्थानमा पुर्याउने छ जिबन पन्तले बताय ।हामी जुनसुकै हालतमा भयपनी यो कार्यक्रम सफाई बनायर छोड्ने छौ ,।
No comments:
Post a Comment