प्रियंका बनिन् ब्रिटानियाकी सद्भावना दुत, ३२ लाखमा सम्झौता - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 1, 2018

प्रियंका बनिन् ब्रिटानियाकी सद्भावना दुत, ३२ लाखमा सम्झौता

Image result for priyanka karki

नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ ।
हालै नायिका प्रियंका कार्कीले एक अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने सम्झौता गरिन् । ब्रिटानिया कम्पनीले उत्पादन गर्दै आएको गुड डे बिस्कुटको टीभीसी एडमा प्रियंका देखिनेछिन् । कम्पनीले उनलाई २ बर्षका लागि नेपालको सद्भावना दुत बनाएको छ ।बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने आफ्नो चाहना कोकाकोलाबाट पुरा भएको र ब्रिटानिया कम्पनीसँग पनि आफूलाई काम गर्न मन लागेको प्रियंकाले बताएकी छिन् ।
प्रियंकाले यो कम्पनीको नेपाल सद्भावना दुत बनेवापत २० लाख भारु पारिश्रमिक लिएको चर्चा छ । २ बर्षका लागि उनले यति रकममा सम्झौता गरेकी हुन् ।
तर, पछिल्ला केही समययता भने विज्ञापन कम्पनीहरुले नेपाली कलाकारलाई पनि विश्वास गर्न थालेका छन् । यसैले, केही कलाकारको आम्दानीको बाटो पनि फराकिलो बन्दै गएको छ ।


No comments: