अनौठो टापु जहाँ महिलालाई चप्पल पड्काउन निषेध छ - Sital Chautari .com

ताजा अपडेट



Friday, May 4, 2018

अनौठो टापु जहाँ महिलालाई चप्पल पड्काउन निषेध छ

दुनियाँका भिन्न–भिन्न देश तथा ठाउँहरुमा अनेक खालका नियम कानून हुन्छन् । कतिपय नियम कानूनहरु त सायद भन्नका लागि मात्र हुन् जस्तो लाग्छ, किनकि ती पालना सायदै होलान् ।
 यस्तै एउटा नियम रहेछ इटालीको काप्री टापुमा । आमरुपमा हामी हिँड्दा खुट्टाले जमिनमा चाप दिने भएकाले आवाज निस्किन्छ । अझ चप्पल लगाएर हिँड्दा त चप्पलले पाइताला हिर्काएको प्याट प्याट आवाज आउँछ ।
तर इटालीको काप्री टापुमा यदि यसरी हिँड्दा आवाज निकाल्नुभयो भने कारवाही भोग्नुपर्छ । वास्तवमा यहाँ खासगरी केटीहरुले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न निषेध छ । यसरी चप्पल पड्काएर हिड्नुलाई अपराध मानिन्छ ।
अमेरिकाको फ्लोरिडामा एउटा यस्तै खालको पारम्परिक नियम रहेछ । त्यहाँ आइतबारको दिन अविवाहित महिलालाई स्काइ डाइभिङ गर्न निषेध छ । यदि यसो गरेको पाइएमा कारवाही भोग्नुपर्ने नियम छ ।एजेन्सीको सहयोगमा
जब परीक्षामा गधालाई दिइयो प्रवेशपत्र….
काठमाडौं । यहाँ एकसे एक मानिसहरुले पनि जागिर नपाएर बेरोजगार बन्नु परेको छ । केही पदमा जागिरका लागि आवेदन खुल्दा हजारौं आवेदकहरुको आवेदन पर्दछ । जागिरका लागि फाराम भर्नेको सूचीमा मानिस मात्र होइन, गधा पनि थपिएको छ ।
भारतको जम्मु कास्मिरमा एउटा गधाले नायब तहसिलदारको पदमा जागिर खानका लागि परीक्षा आवेदन फाराम भरेको पाइएपछि त्यसले ठूलै तरंग ल्यायो ।
जम्मु कास्मिर सेवा चयन बोर्डले उक्त गधाको आवेदन स्विकार गरी उसलाई प्रवेश परीक्षाको प्रवेशपत्र समेत जारी गरेको पाइएको छ ।
जागिरका लागि भरिएको आवेदन फाराममा गधाको तस्वीर थियो । र, गधाको तिनपुस्ते खुलाइएको थियो ।
राजश्व विभागअन्तर्गत नायब तहसिलदारका लागि उम्मेदवार छनोट गर्न गत अपि्रल २९ मा लिखित परीक्षा भएको थियो ।
यद्यपि उक्त लिखित परीक्षामा गधा सामेल त भएन तर गधाको नाममा प्रवेशपत्र जारी भएको घटनाले तहल्का चाहीँ मच्च्ााएको छ ।
गधाको नाममा जारी भएको प्रवेशपत्र सोसल मिडियामा खुबै भाइरल बन्यो । यसरी गधाको नाममा फाराम भर्ने मानिस र आवेदन जाँचबुझ नगरी प्रवेशपत्र जारी गर्ने सरकारी अधिकारीहरु दुबै उत्तिकै दोषी रहेको आवाज उठेको छ ।
जम्मु कास्मिर बोर्डमा यसरी जनावरको नाममा प्रवेश पत्र जारी भएको यो पहिलो पटक चाहीँ होइन । सन् २०१५ मा उक्त बोर्डले यसैगरी गाईको नाममा पनि प्रवेशपत्र जारी गरेको थियो ।
– एजेन्सीको सहयोगमा

No comments: