मृत्युपछि पनि पतिलाई निरन्तर प्रेमपत्र - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 2, 2018

मृत्युपछि पनि पतिलाई निरन्तर प्रेमपत्र

सन् २०१६ मा मृत्यु भैसकेकी एक महिलाले आफ्नो पतिलाई उसको जन्मदिनमा हरेक वर्ष बर्थडे कार्ड पठाइरहेकी छिन् ।
बेलायतको मिरफिल्ड सहरमा बस्ने डाक्टर केट गार्नर हलिउड लभस्टोरी पिएस आइ लभ यू बाट प्रभावित थिइन् । जब आफुलाई क्यान्सर रोग लागेको र जुनसुकै बेला पनि आफ्नो मृत्यु हुनसक्ने कुरा उनले थाहा पाइन् त्यसपछि उनले फिल्मकी नायिकाले जस्तो आफ्नो पतिका लागि केही खास उपहार दिने सोच बनाइन् ।उनले आफ्ना पति क्रिस पइन्टनका लागि बर्थडे कार्ड छपाएर छाड्ने निधो गरिन् । उनको त्यहीँ निर्णयका कारण अहिले क्रिसले वर्षेनी आफ्नो जन्मदिनमा मृतक पत्नीको तर्फबाट बर्थडे शुभकामना कार्ड प्राप्त गरिरहेका छन् ।
५ वर्षसम्म क्यान्सरसँग संघर्ष गरी सन् २०१६ को जुलाई २३ मा २९ वर्षीया केटको निधन भएको थियो । केट र क्रिसले ११ वर्ष लामो वैवाहिक जिवन व्यतित गरे । त्यो ११ वर्ष उनीहरुको निकै सुखद र प्रेमपूर्ण रह्यो । तर उनीहरुको सहयात्रा लामो समय टिक्न पाएन । क्यान्सरका कारण २९ वर्षकै उमेरमा केटले संसार छाड्नुपर्यो ।
क्यान्सर निको नहुने र आफ्नो मृत्यु निकट भविष्यमै हुने थाहा पाएसँगै केटले आफ्नो पति क्रिसका लागि सन् २०४२ सम्मको हरेक बर्थडेका लागि आफ्नै हातले बर्थडे शुभकामना कार्ड लेखिन् । क्रिसको ६५ औँ बर्थडे सम्मका लागि उनले कार्ड लेखेकी छिन् ।
ती कार्डहरु उनले एउटा बक्समा प्याक गरिन् र त्यसको नाम मेमोरी बक्स राखिन् । त्यसपछि उक्त बक्स उनले क्रिसलाई दिइन् । बक्स दिनेबेलामा उनले भनिन् की उनको मृत्युअघि क्रिसले त्यो बक्स खोल्नेछैनन् र मृत्युपछिका हरेक बर्थडेमा उनले उनको वर्ष उल्लेख गरिए अनुसारका खाम बाहिर निकाल्नेछन् ।

No comments: