पोखरा – भारतीय लगानीमा सञ्चालित पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा नक्कली डाक्टरले विरामीको सेवा गरिरहेको पाइएको छ ।
नेपाल मेडिकल कान्सिलले चिकित्सक अनुमति पत्र नविकरण नगरेका डाक्टरहरुले मनिपाल शिक्षण अस्पताल प्रशासनको निर्देशनमा विरामीको सेवामा लागेको भेटिएको हो ।
एनेस्थेसिया डाक्टर सुरेन्द्र मोहन शर्मा, डा। एसएन वावा, डा अरुण मुखर्जी, डा।विसिरे, मेडिसिन डा। भिएम अर्लुकर, डाएससि कोहली, रेडियोलोजी डा पिके तिवारी, प्याथोलोजी डा ओपी तलवार, सर्जरी डा। एन के ज्रा लगायत ९ जना डाक्टरको अनुमति पत्रको म्याद सकिएको छ । म्याद सकिएको नक्कली डाक्टरलाई समेत डिन विएम नागपालले विरामीको सेवामा लगाएको भेटिएको हो ।
मेडिकल क्षेत्रमा चिकित्सा अनुमति पत्र सकिएका डाक्टरलाई नक्कली डाक्टर भनिन्छ । यस्ता डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएमा डाक्टरलाई ज्यान मुद्दा समेत लाग्ने गरेको छ ।
अनुमति पत्र विना विरामीको सेवामा लागेका डाक्टरबारे मेडिकल काउन्सिल र प्रहरीले समेत अनुसन्धान थालेको छ । कास्की प्रहरीले यससम्बन्धी विस्तृत अनुसन्धान थालेको छ । यद्धपी मनिपाल शिक्षण अस्पतालले भने उक्त डाक्टरहरुले विद्यार्थीलाई अध्यापन गराउँदै आएको भन्दै झूटो बयान पेश गरेको छ । दियोपोस्टलाई त्यहाँ कार्यरत डाक्टरहरुले विरामीको सेवा गरिरहेको रोस्टर नै प्राप्त भएको छ ।
यस विषयमा प्रतिक्रिया लिनका लागि डिन डिएम नागपाललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
No comments:
Post a Comment