काठमाडौं,। भनिन्छ कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । त्यसैमा नेपाली कलाकारहरुको जीवन र प्रेम त झनै प्रचार मुखि छ भन्दा अन्यथा नहोला । कलाकारहरुको मिलन र विछोडका समाचारहरु दर्शकको लागि कुनै नौलो खबर पनि होईनन् । कलाकारहरुको डिभोर्स एक प्रकारको परम्परा जस्तै भइसकेको छ ।
जीवन भर सँगै ज्यूउने बाचा कबुलकासाथ एक अर्काको अंगालोमा बाँधिएका कलाकारहरु परिवारको सहमतिमा होस् वा व्यक्तिगत चाहना र प्रेममा वैमनस्यता देखाएर होस् कलाकारको जोडी कालान्तरमा आएर छुट्ने गरेको पाईन्छ । सोचे जसरी जिन्दगीले गति लिन नसेकेको र बिचारमा नमिलेको निहुँ पारेर कलाकारहरु छुट्टा छुट्टै बस्ने गरेको पाईन्छ ।
नेपाली कलाकार मात्रै होइन् विदेशमा पनि चर्चित कलाकारहरुको सम्बन्ध विच्छेद हुने गरेको तथ्य छ । केही समय अघि हलिउडका चर्चित जोडि ब्राड पीट र एन्जेलिना जोलीले सहमतिमै सम्बन्ध वारपा गरेका थिए । त्यस्तै बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान, अरबाज खान र मलाईका अरोडा पनि टाढा रहने निर्णय गरेका थिए ।
पछिल्लो समय नेपाली कलाक्षेत्रमा पनि सम्बन्ध विच्छेदका श्रृङ्खला बढ्दै गएका छन् । केही समय अघि मात्रै सम्बन्धमा दरार पुगेको एउटा जोडी हो मनोज गजुरेल र मिना ढकालको । गजुरेल वरिष्ठ एवम् चर्चित हाँस्यव्यङ्ग्य कलाकार हुन । उनी विश्वका चर्चित कलाकारहरुको सूचिमा पनि पर्छन् ।
मनोज गजुरेल र मिना ढकाल
मनोज गजुरेल र मिना ढकालको डिभोर्स भएको पनि धेरै भएको छैन् । २२ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै हालै उनीहरु छुट्टा छुट्टै बस्दै आएका छन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।
आफुहरुको सोँच नमिलेका कारण सम्बन्ध विच्छेद गरेको उनीहरुको दावि छ । मिनाले गजुरेलसँग मोटो रकम अधिकार भन्दै हात पारेकी छन् । छोरा मनोजसँग बस्दै आएका छन् भने छोरी आमा मिनासँगै छिन् ।
आफुहरुको सोँच नमिलेका कारण सम्बन्ध विच्छेद गरेको उनीहरुको दावि छ । मिनाले गजुरेलसँग मोटो रकम अधिकार भन्दै हात पारेकी छन् । छोरा मनोजसँग बस्दै आएका छन् भने छोरी आमा मिनासँगै छिन् ।
रेखा थापा र छविराज ओझा
निर्माता छविराज ओझासँग विहे गरेकी लोकप्रिय नायिका रेखा थापाको जीवनले पनि १० वर्षे वैवाहिक सम्बन्धलाई तोडन पुग्यो । छविराज ओझाले बनाएको हिरो फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेकी रेखा थापा हालसम्म कसैसँग पनि प्रेममा नपरेको बताउँदै आएकी छन् ।
हाल उनी बालविबाह अन्त्यको महाअभियान लिएर मुलुकका दुर्गम गाउँवस्तिमा पुग्ने गरेकी छन् । चलचित्र, राजनीति र सामाजिक अभियानलाई एकैसाथ अघि बढाउने एक मात्र नायिका हुन । उता निर्माता छविराज ओझाले भने अर्की नायिका शिल्पा पोख्रेलसँग लगनगाँठो कस्ने तयारी थालेको हल्ला चलाई रहेका छन् ।
अञ्जु पन्त र मनोजराज शिवाकोटी
अञ्जु र मनोराज नेपाली गायन क्षेत्रमा लोकप्रिय नाम हुन । सहमतीमै प्रेम विवाह गरेका अञ्जु र मनोराजको वैवाहिक जीवन बाचा कबुल अनुसार टिक्न सकेन् । यिनीहरुको एक छोरी छिन् । मनोजराजले अञ्जुको डिभोर्स पछि दोस्रो विहे गरिसकेका छन् भने अञ्जु हालसम्म छोरीसँग एक्लै बस्दै आएकी छिन् ।
भुवन केसी र सुस्मिता केसीः भुवन केसी र सुस्तिमा केसी दुबै नेपाली फिल्मका लिजेन्ड कलाकार हुन् । उनीहरु दुबैले विगतमा धेरै फिल्म बनाए र सँगै काम पनि गरे ।
प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन् । युवास्टार अनमोल सानै छँदा उनीहरु छुट्टीएका थिए । तर उनीहरु दुबैले दोस्रो विहे भने गरेका छैनन् ।
प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन् । युवास्टार अनमोल सानै छँदा उनीहरु छुट्टीएका थिए । तर उनीहरु दुबैले दोस्रो विहे भने गरेका छैनन् ।
प्रियंका कार्की र रोचक मैनाली
कलाकारितामा सबैको मन जित्न सफल नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विहे गरिन् । फिल्म पढ्न अमेरिका गएपछि उनले अमेरिकामै रोचकसँग विहे गरेकी थिईन् । पछि रोचकले फिल्मका लागि स्विकृती नदिएका कारण डिभोर्स गरेर प्रियंका नेपाल आएकी हुन् । फिल्मका लागि डिभोर्स गरेकी प्रियंकाले नेपाली फिल्म उद्योगमा ठुलो सफलता हात पारिन् ।
उनी हाल नेपालकी लोकप्रिय अभिनेत्रीको सूचिमा पर्छिन् । उनको प्रेमका बारेमा पनि निक्कै चर्चा हुने गर्दछ । दोस्रो प्रेममा परेकी कार्की विवाह गर्ने बताउँदै आएकी छन् । आयूष्मान देशराजसँगको उनको प्रेम विवाहमा परिणत हुन्छ या हुँदैन ? त्यो अहिले नै भन्न सकिने स्थिति छैन् । उता पुर्व पति रोचकले भने दोस्रो विवाह गरिसकेका छन् ।
अरुणीमा लम्साल र अमित अर्याल
अमेरिकामा बस्दै आएका अमित अर्यालसँग विहे गरेर अरुणीमा लम्साल अमेरिका पुगिन् । लामो समय उनीहरुसँगै बसे । तर सन २०१७ मा उनीहरुको सम्बन्धमा पनि पूर्णविराम लाग्यो । उनीहरुबाट एक छोरी छन् । हाल पतिलाई छोडेर उनी आफ्नो बुवा आमासँग अमेरिकाको बाल्टीमोरमा बस्दै आएकी छन् ।
मनिषा कोइराला र सम्राट दाहाल
कुनै समयकी बलिउडकी नम्बर वान नेपाली अभिनेत्री मनिषा कोइरालाले उमेर ढल्कदै गर्दा घरमजम गरिन् । आफुभन्दा ५ वर्ष कान्छा सम्राट दाहालसँग विहे गरेको २ वर्षमै उनको डिभोर्स भयो ।
हाल उनले विवाहको निर्णयलाई गलत भएको बताउँदै आएकी छिन् । बलिउडमा दुई दशक विताएकी उनले स्वतन्त्रताको लागि सम्बन्ध विच्छेद गरेको बताउँदै आएकी छिन् ।
हाल उनले विवाहको निर्णयलाई गलत भएको बताउँदै आएकी छिन् । बलिउडमा दुई दशक विताएकी उनले स्वतन्त्रताको लागि सम्बन्ध विच्छेद गरेको बताउँदै आएकी छिन् ।
रिमा विश्वकर्मा र रोवर्ट विश्वकर्मा
नेपाली मुलका बेलायती नागरिक रोवर्ट विश्वकर्मासँग विहेगरेकी रिमाको सम्बन्ध पनि लामो समय टिकेन् । विवाह पछि पनि रिमाले कलाकारितालाई निरन्तरता दिँदै नेपालमै बसिन् ।
उता पति रोवर्ट विश्वकर्मा बेलायतमा बस्थे । भौतिक दुरी र आपसी अविश्वास कै कारण उनीहरुको सम्बन्ध २ वर्ष भन्दा बढि टिक्न सकेन । रोवर्टले दोस्रो विहे गरेपछि रिमाको डिभोर्स भएको खबर मिडियामा आएको थियो ।
गौरी मल्ल र प्रज्वल भण्डारी
गौरीको विवाह प्रज्वल भण्डारीसँग भएको थियो । उनीहरु नेपाल छाडेर अमेरीका पनि गए । केही समय अमेरीका बसेपछि गौरी भने नेपाल फर्किएकी छिन् ।
अमेरीकामा रहँदा श्रीमानसँगको सम्बन्ध सुमधुर नभएपछि उनी एक्लै नेपाल फर्किएकी हुन् । गौरीको अहिलेसम्म सन्तान पनि भएको छैन । गौरीले आफ्नो बैवाहिक सम्बन्ध सुमधुर बन्न नसकेकोमा कहिल्यै पश्चताप नभएको बताएकी छिन् ।
अमेरीकामा रहँदा श्रीमानसँगको सम्बन्ध सुमधुर नभएपछि उनी एक्लै नेपाल फर्किएकी हुन् । गौरीको अहिलेसम्म सन्तान पनि भएको छैन । गौरीले आफ्नो बैवाहिक सम्बन्ध सुमधुर बन्न नसकेकोमा कहिल्यै पश्चताप नभएको बताएकी छिन् ।
छुल्ठिम गुरुङ र धिरज राई
छुल्ठिम डोल्माले चर्चित गायक धिरज राईसँग प्रेम विवाह गरिन् । धिरजले आफुहरु एक अर्काका लागि नबनेको थाहा पाएपछि आफुहरुले सम्बनध बिच्छेद गरेको बताउँदै आएका छन् । छुल्ठिम धिरजकी फ्यान थिईन् ।
धिरजको गीत संगीतबाट प्रभावित छुल्ठिमको मनमा प्रेम पलाए पछि यी दुई एक सेलीब्रेटी र फ्यानको रुपमा भेटेको केही समयमै उनीहरुले बिवाह गरे । तर, सम्बन्धले सोचजसरी गति लिन सकेन ।
वैवाहिक सम्बन्धमा निरन्तर खटपट भएपछि उनीहरुले अन्तत कानुनीरुपमै बेग्ला बेग्लै बाटो रोजे । छुल्ठिमले सम्बन्ध बिच्छेद पछि आफु खुसी भएको बताएकी छन् भने फिल्मी करिअरलाई पनि निरन्तरता दिईरहेकी छन् ।
रेश्मा सुनुवार र लब्साङ तेन्दर
रेश्मा सुनुवारले जर्मनी निवासी लब्साङ तेन्दरसँग विहे गरिन् । ९ कक्षा पढ्दा पढ्दै विहे गरेकी उनले एक छोरा छन् । आकाशैको झिलमिल तारा, तारासँगै नाचुँ लाग्छ‘ मै ठूली भइछु रे,’ लगायतका गीत गाएर चर्चामा छिन् रेशमा सुनुवार । रेश्मा पनि सम्बन्ध बिच्छेद पछि पनि कलाकारितालाई निरन्तरता दिने कलाकार हुन् ।
जया केसी र सुलेमान शंकरः ‘मेरी बास्सै’ सिरियलबाट एकाएक चर्चा आएका कलाकार सुलेमान शंकर ‘इकु’को वैवाहिक जीवनमा विश्राम लाग्यो । ‘इकु’ पात्र ‘हिट’ भएपछि सुलेमानले यसै नाममा चलचित्र बनाए । पहिलो चलचित्रबाट राम्रो कमाइ गरेका उनले यसको ‘सिक्वेल’ पनि बनाए ।
तर सिक्वेल ‘इकु ब्याक अगेन’ ले राम्रो ब्यापार नगरेपछि उनकी पत्नीले उनलाई छाडेर गईन् । सिक्वेलमा उनले पत्नीलाई पनि अभिनय गराए । तर २०६६ सालमा विहे गरेका उनीहरुले २०७१ सालमा डिभोर्स पत्रमा हस्ताक्षर गरे ।
No comments:
Post a Comment