राष्ट्र बैंकले गर्यो यातायात समितिका बैंक खाता रोक्का - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 6, 2018

राष्ट्र बैंकले गर्यो यातायात समितिका बैंक खाता रोक्का


वैशाख,२३ काठमाडौं – नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ ।
गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए ।‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको छ,। तिनको बैंक खाता रोक्का गरेका छौं’ प्रवक्ता पौडेलले भने । समितिको संख्या भने उनले जनायनन खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए ।सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

No comments: