अभिनेता रजनीकान्त भए सर्वाधिक महँगा : एउटै फिल्मका लागि १०८ करोड पाउँदै - Sital Chautari .com

ताजा अपडेट



Monday, May 14, 2018

अभिनेता रजनीकान्त भए सर्वाधिक महँगा : एउटै फिल्मका लागि १०८ करोड पाउँदै

सुपरस्टार रजनीकान्त भारतका महँगा अभिनेतामा पर्छन्। उनको पारिश्रमिक फेरि बढ्ने भएको छ। भारतीय संचारमाध्यमले जनाए अनुसार रजनीकान्तले  कार्थिक सुब्बाराजको आगामी फिल्मका लागि पारिश्रमिकबापत १०४ करोड नेपाली रूपैयाँ अर्थात ६५ करोड भारू पारिश्रमिक बुझ्न लागेको जनाएका छन्।
सो पारिश्रमिक बुझ्ने बारेमा फिल्म निर्माताहरूले आफ्नो आधिकारिक धारणा राखेका छैनन्। यदि समाचारमा प्रकाशित भएजस्तै भएमा उनी एशियाका सर्वाधिक पारिश्रमिक बुझ्ने कलाकार बन्नेछन्। यसअघि पनि सन २००७ मा ‘शिवाजी’ फिल्मका लागि उनले लिएको पारिश्रमिकले उनलाई  एशियामा सर्वाधिक पारिश्रमिक बुझ्ने दोस्रा अभिनेता बनाएको थियो।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार सो फिल्मको सुटिङ करिब ४० दिनको हुनेछ र जुनबाट फ्लोरमा जानेछ। सो फिल्ममा विजय सेथिपाई भने खलनायकका रूपमा देखिनेछन्।
रजनीको आगामी फिल्म ‘काला’ जुन सात मा रिलिज हुने तय भइसकेको छ।

No comments: