
रमेश बि.क. रसाईली÷शिलतचौतारी डटकम
चर्चित पर्बते गायक क्षितिज सुनार को नयाँ पञ्चेबाजा गित स्याङ्गजा मुलाबारीमा सार्बजानिक भएको छ । क्षितिज सुनार र कृष्ण परियारको स्वरमा सजिएको गितमा सुबास लामाको शब्द र नारायण परियारको लय रहेको छ । चर्चित गायक तथा नायक प्रबाश सपुत र कुशल नृत्यङ्गगना करिश्मा ढकालको बेजोड अभिनय स्याङ्गजा मुलाबारीमा को भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन भने भिडियोमा रेशम दर्लामिको छायाङ्गन र प्रदिप दाहालको सम्पादन देख्न सकिन्छ । स्काई मुन मिडियाले बजार ब्यवस्थापन गरेको पञ्चेबाजा गित स्याङ्गजा मुलाबारीलाई हार्टबिट नेपालको युट्युब च्यानलबाट सार्बजानिक गरिएको हो । गायक क्षितिज सुनारले आफ्ना पुराना गितहरु जस्तै यस गितबाट पनि दर्शकको भरपुर माया पाउने आशा गरेका छन ।
(भिडियो हेर्नुहोस् )
No comments:
Post a Comment