
बैसाख । हाँस्य कलाकार मनोज गजुरेल भन्ने वित्तिक्कै सबैले हराउने कलाकार भनेर जान्दछन् । अनि उनको कार्यक्रममा जानेहरु पनि हाँस्नका लागि नै भनेर जान्छन् । तर, हँसाउने कलाकारले उल्टै रुवाएर पठाए भने क हो ? पोखराको वडा नम्बर– ५ मा ७० वर्ष काटेका करीब २ सय भन्दा बढी जेष्ठ नागरिकहरू छन् । हाँस्य कलाकार मनोज गजुरेल आउने खबरले सबै उत्साही थिए ।निर्धारित समयभन्दा करीब आधा घण्टापछि मनोज गजुरेल आए । सबै आमा बुबाहरुरूले अब हाँस्न पाइने भयो भनेर सोंचे । तर, मनोजले उल्टै रुवाए । सँधै हँसाउने मनोजले ७० वर्षका ज्येष्ठ नागरिकहरूलाई आफ्नै अतितका पीडा सम्झाएर रुवाए ।
सानोमा बाबु बितेपछि आमाले दुःख गरेर हुर्काएको र पढ्न जाँदा चार माना चामल तामाङलाई बेचेर खाजा खाने खर्च जुटाएको पीडा सुनाउँदा सबैका आँखामा आँशु रसायो । मनोजले आफ्नो पत्नीसँग डिभोर्सको प्रसङ्ग ल्याउँदै त्यस्तो पीडामा पनि आफूले सहेर बसेको बताए । उनले स्वर्ग र नर्कको कथा सुनाएर ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।
No comments:
Post a Comment