एकै गीतमा एकसय ८० भन्दा बढी पटक कपडा चेन्ज गर्ने नायिका - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 5, 2018

एकै गीतमा एकसय ८० भन्दा बढी पटक कपडा चेन्ज गर्ने नायिका

एकै गीतमा एकसय ८० भन्दा बढी पटक कपडा चेन्ज गर्ने नायिका 
वैशाख २२ , बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् । फिल्मको एउटा गीत रिलिज भइसकेको छ ।‘मुड के न देख दिलबरोँ’ बोलको यो गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ८० पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको बताइन् ।यस विषयमा प्रोडक्सन टिमका एक व्यक्तिले भने, ‘गीतमा कश्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको छ । यसको सुटिङमा कैयौं दिन लागेको थियो । गीतको बिदाईवाला हिस्सा पटियाला, कश्मिर जस्ता तमाम लोकेसनमा सुटिङ गरिएको छ । यही भएर आलियाले बारम्बार बिदाईको डे्रेस फुकाल्ने र लगाउने गर्नुपथ्र्यो ।’राजीको दिलबरो गीतले फिल्मको कथामा ठूलो महत्व राख्छ । यो कथा एउटा कश्मिरी केटीको हो, जसको बाबुले देशको सुरक्षाका लागि उनलाई पाकिस्तानमा पठाउँछ । गीतमा आलियाको बिदाईको सिन देखाइएको भए पनि खासमा उनी एउटा मिसनमा पाकिस्तान गइरहेकी हुन्छिन् । यो फिल्म ११ मेमा रिलिज हुँदैछ

No comments: