अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर स्जधाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।
१० दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।
२० डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
३० एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । ९यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।
४० अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।
५० निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।
६० पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ?
७० काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
८० काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।
९० अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।
१०० सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।
No comments:
Post a Comment