मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन ।पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरुले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।
एक अनुसन्धानले फोनलाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ ।
चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् ।
अनुसन्धानकर्ताहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढी विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।
उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।
इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’
प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।
बच्चा जन्मिएपछि महिला किन मोटाउँछन् ? कसरी घटाउने शरीरको तौल ?
काठमाडौं । बच्चा जन्मिएपछि महिलाहरू मोटाउने गरेका छन् । किन भने बच्चा जन्मिएपछि महिलाहरूको शरीरमा परिवर्तनहरू देखिन्छन् ।
बच्चाका लागि आमाको दुध बढाउने र आमालाई कमजोर हुन नदिन विभिन्न पौष्टिक तत्व हुने खानेकुरा खान दिइन्छ । त्यसले गर्दा महिलाको शरीर बढ्ने गर्छ ।
बच्चा जन्मिएका आमाका शरीरलाई घटाउन केही साधारण उपाय गरिएमा शरीर मोटो हुन पाउँदैन ।
डेलिभरीपछि महिलाको जिम्मेवारी बढ्दै जान्छ । बच्चाको स्याहारसँगै घरको काम पनि गर्नुपर्ने भएकाले फुर्सद निकाल्न धौधौ पर्न सक्छ । त्यसैले आमाले आफ्नो लागि डेली रुटिन बनाउन जरुरी हुन्छ ।
बिहान उठेपछि बेलुकी नसुत्दासम्मको एक्टिभिटीलाई डेली रुटिनमा राखेर काम गर्दा आमालाई सहज हुन्छ । यस्तो रुटिन बनाउँदा डाइट र एक्सरसाइजका लागि पनि विशेष समय छुट्याउन आवश्यक हुन्छ ।
प्रेग्नेन्सी र डेलिभरीपछि हेभी एक्सरसाइज गर्नु हुँदैन । त्यसैले वाकबाट एक्सरसाइजको सुरुवात गर्नुपर्छ । यस्तो एक्सरसाइज एकदेखि तीन हप्तासम्म गर्न सक्नुहुन्छ । छिटो हिँड्नु स्वास्थ्यका लागि निकै ठूलो एक्सरसाइज हो ।
यसो गर्दा सुरक्षित हुनुका साथै थाकेको मसल्सलाई वार्मअप गर्न सहयोग पुर्याउँछ। यस्तो वेला तपाईं त्यति बलियो हुनुहुन्न, ताकि दौडन सक्नुहोस् । जसकारण ब्रिस्क वाकिङ गर्दा राम्रो हुन्छ ।
प्रायः महिलाले गर्भावस्थाका क्रममा दुई गुणाभन्दा बढी खाने गर्छन् । मानिसलाई लाग्छ कि प्रेग्नेन्सीका वेला दुईजनाका लागि खानुपर्छ । जुन गलत हो । यत्ति हो कि यस्तो वेला शरीरलाई अलि बढी क्यालोरीको आवश्यकता हुन्छ ।
ब्रेस्ट फिडिङ गराउनका लागि पौस्टिक आहारको जरुरी हुन्छ । त्यसैले सन्तुलित डाइटका माध्यमले पनि तपाईंले आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यस्तो समय जे खानुस् तर स्वस्थ खानुस् । र, जंकफुडबाट टाढै रहनुस् ।
मोनो र पोलिसेचुरेटेड फ्याट शरीरका लागि निकै राम्रो हुन्छ । एभोकाडो, कनोला आयल, ओलिभ आयल, साल्मन आदि फ्याटको प्रयोग गर्न सकिन्छ ।
स्तनपान नवजात शिशुका लागि सबैभन्दा प्रभावकारी पौष्टिक आहार हो । त्यति मात्र होइन, स्तनपानले आमाको स्वास्थ्यलाई पनि निकै फाइदा पु-याइरहेको हुन्छ । प्रेग्नेन्सीका क्रममा र डेलिभरीपछि महिलामा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ ।
त्यसैले नियमित स्तनपान गराउँदा शरीरको मेटाबोलिजम पहिलेकै अवस्थामा आउन सहयोग मिल्छ र फ्याटको मात्रा पनि कम हुँदै जान्छ ।
सेतु आसनजस्ता योगले छोटो समयमा फ्याट कम हुन्छ । स्पट जगिङजो बच्चालाई छाडेर बाहिर जान सक्दैनन्, उनीहरूले घरमा एकै ठाउँमा बसेर पनि एक्सरसाइज गर्न सक्छन् । त्यसका लागि जगिङको सहारा लिन सकिन्छ । तपाईं एकै ठाउँबाट उभिएर दौडने पोजिसनमा रहेर स्पट रनिङ गर्न सक्नुहुन्छ ।
डेलिभरी भएका महिलाले आफ्नो डेली रुटिनमा तातो पानी पिउने समय पनि राख्न जरुरी हुन्छ । तातो पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
यसले हाम्रो शरीरको तापक्रम र मेटाबोलिज्मको मात्रालाई पनि बढाउने काम गर्छ । जसका कारण बढीभन्दा बढी क्यालोरी जलेर जाने गर्छ । त्यसैले सधैँ सादा नभई तातो पानी पिउन जरुरी हुन्छ ।
प्राणायामजस्ता योगासनले छोटो समयमा तौल कम गर्न सहयोग पु-याउँछ । त्यसैले योग कक्षामा सहभागी हुनुस् र सामान्य योगबाट सुरु गर्नुस् । जसले तपाईंको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ ।
डेलिभरीपछि स्विमिङ पुलमा तैरिँदा तपाईंलाई निकै आनन्द लाग्न सक्छ । यसले तपाईंको तौल घटाउन पनि सहयोग पु-याउँछ । यसो गर्दा मंसपेशीमा निकै प्रभाव पार्छ र तौल कम गर्न सहयोग पुग्छ । तर, सिजेरियन डेलिभरी गरेका महिलाले भने स्विमिङ गर्नुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।
No comments:
Post a Comment