- Sital Chautari .com

ताजा अपडेट



Friday, April 20, 2018

काठमाण्डु–१० बानेश्वर बस्ने शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र ‘सम्झनामा’को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि‘’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको थियो । 
कुनै पनि नया वा पुरानो जुन भयपनी अर्काको सिर्जना चोरेको बापत (पाईरेसी )जरिवाना तिर्नु पर्नी पुरानो नै प्रथा हो |यसै गरि ३३ वर्ष पुरानो लोकप्रिय फिल्म ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति प्रयोग गर्ने निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई क्षतिपूर्तिवापत ११ लाख रुपैयाँ तिरेका छन् । त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भएको छ । ११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको बताए ।फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले नियन्त्रणमा लिएको थियो ।  ‘मेरो फिल्म बनाउँदा कति पैसा लागेको थियो भन्नेतिर नजाउँ तर यसले अर्काको कपिराइट्समा अनुमतिबिना प्रयोग गर्न नमिल्ने पनि सन्देश मिलेको छ,’ प्रधानले भने । महानगरीय प्रहरी परिसरमा यो विवाद साम्य पार्न अभिनेता भुवन केसी, निर्देशक आकाश अधिकारी, निर्माता अशोक शर्मालगायत उपस्थित भएका थिए ।

कुनै पनि श्रस्ठा को सिर्जना चोर्नु न हुनी संदेश पनि यो घटना दियको कृ को निर्माण पक्ष्य ले जनायको छ |

No comments: