तिनै ट्याक्सी चालकका बारेमा अनलाइनमा एउटा पोष्ट आएपछि उनकी छोरीले यसै वर्षको सुरुवातमा वाङलाई सम्पर्क गरेकी थिइन्। हराएकी छोरीलाई २३ वर्षपछि पहिलो पटक भेट्दा वाङले आशु झार्दै अंकमाल गरेर ‘बाबाले तिमीलाई धेरै माया गर्ने’ बताएका थिए। आश्चर्यजनक घटना चीनभर फैलिएको छ जहाँ कतिपयले वाङ परिवारको पुनर्मिलनको उत्सव मनाइरहेका छन्।
कुनै दिन हराएकी छोरी यात्रुका रूपमा आफ्नो ट्याक्सीमा चढ्ने आशमा वाङले निरन्तर रूपमा ट्याक्सी चालक बनेर छोरीको खोजी गरेका थिए।
वाङ मिङकिङ र उनकी पत्नी देङइङ चीनको दक्षिण–पश्चिमी सरह छेन्दूमा सडकमा बसेर फलफूल व्यापार गर्थे। एक दिन जब उनीहरुले ग्राहकलाई फलफूल बेचिसकेपछि आफ्नी तीन वर्षकी छोरी किफेङलाई हेरे तब छोरी हराइसकेकी थिइन्। उनीहरुले त्यसपछि उक्त सहर र त्यसको आसपासमा छोरीको खोजीमा कैयौं वर्ष बिताए। उनीहरुले विभिन्न पत्रपत्रिकामा छोरी हराएको विज्ञापनसमेत प्रकाशन गरेका थिए। त्यसैगरी उनीहरुले पछिल्लो समय अनलाइनमा अपिलसमेत जारी गरेका थिए। अर्की एक छोरीसमेत भएको वाङ दम्पत्तिले हराएकी छोरी किफेङ उनीहरुसम्म आउने आशमा कहिल्यै छेन्दू छोडेनन्।
‘अब तिम्रो बाबासँगै छ। तिमीले केही विषयमा चिन्ता लिन पर्दैन। बाबाले तिमीलाई सहयोग गर्नेछ,’ वाङले छोरीसँगको कुराकानीमा बताए। चीनको उत्तरी जिलिन प्रान्तमा बसिरहेकी काङ यिङ उनको पति र छोराछोरीसँगै छेन्दू पुगेपछि २४ वर्ष अघि छुटिएको परिवारको मिलन भयो।
सन् २०१५ मा वाङले छोरीको खोजी गर्नका लागि अलि बढी ठाउँसम्म पुग्ने माध्यम खोजी गरे र ट्याक्सी चालक बने। उनले दिदी छुसिङ नामक कम्पनीमा चालकका रूपमा अकाउन्ट खोले। उनले आफ्नो ट्याक्सीको पछाडिपट्टीको झ्यालमा छोरी हराएको जानकारी राखे र आफ्नो ट्याक्सीमा चढ्ने प्रत्येक यात्रुलाई किफेङको बारेमा बनाइएको कार्ड दिने गरे। शिशुका रूपमा वाङसँग किफेङको तस्बिर थिएन त्यसैले उनले कार्डमा अर्की छोरीको तस्बिर राखेका थिए। उनकी अर्की छोरी पनि किफेङजस्तै देखिने भएकाले उनले यस्तो जुक्ति निकालेका थिए । हराएकी छोरी खोज्ने उनको अनौठो तरिकाले चिनियाँ सञ्चारमाध्यमको ध्यान केन्द्रीत भयो । ‘एक दिन मेरी छोरी मेरो कारमा पक्कै बसिरहेकी हुनेछिन्,’ उनको भनाइ उधृत गर्दै चिनियाँ सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए। चिनियाँ प्रहरीले किफेङ हुनसक्ने भन्दै वर्षौंदेखि कैयौं महिलालाई पत्ता लगाएको थियो र डिएनए परीक्षणले तिनीहरु किफेङ नभएको पुष्टि हुने गरेको थियो। तर गत वर्ष जब प्रहरीमा स्केच बनाउने कलाकारले वाङका बारेमा पढे, यस घटनामा ब्रेकथ्रु भया। उनले वयस्क किफेङको सम्भावित स्केच बनाएर वाङलाई सहयोग गर्ने निधो गरे। त्यसरी बनाइएको स्केच अनलाइनबाट फैलाइयो। छेन्दूबाट हजारौं किलोमिटर पर रहेको चिनियाँ भूभागमै बस्ने काङ याङ नामक एक महिलाले उक्त स्केच देखिन् जुन उनीसँगै मिल्थ्यो। त्यसपछि उनले यसै वर्षको सुरुवातमा वाङलाई सम्पर्क गरिन्। वाङले ती महिलाले आफ्नी हराएकी छोरीको असाधारण बानीको बारेमा हुबहु भनेको र निधारमा रहेको दाग र रुँदा बान्ता हुने बानीका बारेमा समेत बताएपछि ती महिला आफ्नी छोरी नै भएको विश्वास गरे। त्यसपछि उनीहरुले तत्कालै डिएनए परीक्षणको व्यवस्था मिलाए। यो पटक नतिजा सकारात्मक आयो र अन्ततोगत्वा वाङ परिवारले हराएकी छोरी पाए। यसै साताको सोमबार वाङ र काङ यिङबीच पहिलो पटक भ्वाइस म्यासेन्जर यापमार्फत कुराकानी भयो।
No comments:
Post a Comment