मयुर यातायातको प्रशंसनीय कार्य तोडिने भयो थानकोटको सिन्डिकेट, यसरी चल्न थाले रत्नपार्क थानकोट रुटमा मयुरका गाडी ! - Sital Chautari .com

ताजा अपडेट



Thursday, April 19, 2018

मयुर यातायातको प्रशंसनीय कार्य तोडिने भयो थानकोटको सिन्डिकेट, यसरी चल्न थाले रत्नपार्क थानकोट रुटमा मयुरका गाडी !

वैशाख, काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेका छ ।
त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएरर झण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताए ।‘अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’
अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ ।

No comments: