भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो ।
उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो । यसपाली सलमानको भ्रमणबारे विप्लव माओवादीले धारणा सार्वजनिक गरेको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् । आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउदो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिदैछन् ।
No comments:
Post a Comment