
दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए । औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र भोजपुर खावाका निगम राईलाई पक्राउ गर्यो।महानगरीय प्रहरी वृत्त कालिमाटीमा लगेर उनीहरुलाई केरकार गरेपछि नोट दिने एमएस मोटरसाइकल ग्यारेजका सञ्चालक मनोज केसीको नाम पोले । प्रहरीले केसीलाई सोमबार एकथान पाँच सयको जाली नोटसहित पक्राउ गर्यो ।
प्रहरीसँगको बयानमा तामाङले वीरगन्जबाट उक्त नोट राजधानी ल्याएको बयान प्रहरीमा दिएका छन् ।महानगरीय प्रहरी परिसर टेकुका अनुसार पक्राउमध्ये थापा नेपाली सेनाको जवान हुन् भने तामाङ नेपाल प्रहरीकै पूर्वजवान हुन् । तामाङ यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा जाली नोटसम्बन्धी अनुसन्धान गर्ने पिलरमा काम गर्दै आएका थिए ।
केसीले सोलु तिम्ला घर भई कपन बस्ने भेषकुमार थापामगरको नाम पोले । थापामगरले अन्य दुई युवाको नाम पोले । रामेछाप नागदहका नेमा तामाङ र ललितपुर ताल्छिखेलका आशीष माझीबाट आफूले जाली नोट लिएको थापामगरले बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरे।थापामगरबाट प्रहरीले पाँच सय रुपैयाँ दरको २१ थान जाली नोट बरामद गर्यो । तामाङ र माझीबाट भने प्रहरीले एक हजार दरको दुई थान नोट बरामद गर्यो ।
बरामद नोटको फिनिसिङ देख्दा प्रहरी पनि छक्क पर्यो । साधारण दृष्टिले यी नोट सक्कली वा नक्कली छुट्याउन सजिलो छैन ।‘जाली नोटका कारोबारीको बयानबाट हामी छक्क पर्यौं’, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल भन्छन्, ‘उनीहरुले बयान दिए अनुसार राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट भित्रिएको छ। हामी थप अनुसन्धान गर्दैछौं।’
पाँचजनाबाट प्रहरीले पाँच सय दरका ३८ थान र हजार दरका दुई थान जाली नोट बरामद गरेको छ । तामाङले दिएको बयानमा भारतमै यी नोटहरु छापिएर नेपाल भित्रिँदै आएका छन् रक्सौलका एक रिक्सा चालकले नेपालतर्फ जाली नोट कारोबार गर्दै आएका छन् । प्रहरीले रक्सौलका ती रिक्सा चालकलाई समेत पक्राउ गर्न टोली खटाएको छ ।
No comments:
Post a Comment