खुल्ला दोहोरी प्रतियोगीता हुँदै, विजेताले १ लाख ५१ हजार पाउने - Sital Chautari .com

ताजा अपडेट



Monday, March 26, 2018

खुल्ला दोहोरी प्रतियोगीता हुँदै, विजेताले १ लाख ५१ हजार पाउने


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंमा खुल्ला दोहोरी गीत प्रतियोगीता हुने भएको छ । प्रतिष्ठानले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’भन्ने मुल नाराकासाथ खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको जानकारि गराएको हो । दोहोरी गीत प्रतियोगीता चैत १३ गतेदेखि १७ गतेसम्म भृकुटिमण्डपको पुष्प बगैचामा हुने आयोजकले जनाएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको रक्षा र प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि खुल्ला दोहोरी गीत प्रतियोगीता गर्न लागेको बताए । अध्यक्ष पंगेनीले प्रतियोगीतमा देशभरबाट ४० वटा समुहले भाग लिने र अन्तर दोहोरी साँझ प्रतियोगितालाई रोकेर खुल्ला लोक दोहोरी गीत प्रतियोगीताको आयोजना गरेको जानकारी दिए ।
प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमशः १ लाख ५१ हजार १ यस रुपैयाँ, १ लाख १ हजार १ सय रुपैयाँ, ५७ हजार ७ सय ७७ रुपैयाँ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ 

No comments: