ससुराली गएका साढुदाइले गरे सढुभाइको हत्या - Sital Chautari .com

ताजा अपडेट



Wednesday, March 28, 2018

ससुराली गएका साढुदाइले गरे सढुभाइको हत्या


काठमाडौं १४ चैत । 
पर्साको जगरनाथपुरमा ससुराली गएका साढुदाइ र भाइबीच झगडा साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका छन् ।
वडा नम्बर–४, लंगडीमा रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्ला कंगली थाना अन्तर्गत कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले हानेर घाइते बनाएका थिए ।
उनको शरीरको तीन ठाउँमा छुरा हानिएको प्रहरीले जनायो । उपचारका अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले बिनको हत्यामा संलग्न रहेको आरोपमा बिजुली मुखियाको खोजी भइरहेको बताएको छ ।
भारतमा अपराध गरेर लुक्न नेपाल आउने गरेका मुखियाले आफनै साढुभाइको हत्या गरेर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासूलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताउनुभयो ।

No comments: