अभियुक्त बर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक बिष्टले बताए। मृतक शान्तिदेबीको शव पोष्टमार्टम गरी उनकै जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त बर्माले परपुरुषसँग पत्नीले सम्बन्ध गाँसेको आरोपमा हत्या गरेको बयान दिएका छन्। स्थानीय छिमेकीले भने बर्माको मानसिक सन्तुलन ठिक नभएको र उनले केही वर्षदेखी औषधी सेवन गर्दै आएको बताएका छन्। बर्माको एक मात्र १२ वर्षकी छोरी छिन्।
जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउण्ड गोली प्रहार गरी बर्माले हत्या गरेका थिए। गोली प्रहारबाट शान्तिदेबीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ‘घटना लगत्तै बनकट्टी र जिल्लाबाट प्रहरी टोली पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं,’ बिष्टले भने ‘घटनाको अनुसन्धान भइरहेको छ।’ घटनास्थल पुगेको प्रहरीले अभियुक्त बर्मासहित बाह्रबोर बन्दुक र गोली बरामद गरेको उनले बताए।
No comments:
Post a Comment