भान्सामा दुर्गाः खाना बनाउन जाँगरिली, भाँडा माझ्न अल्छि
हरेक दिन कम्तिमा चार घन्टा भान्सामै बित्छ गायिका दुर्गा खरेलको । बिहान दुई घण्टा र बेलुका दुई घन्टा उनी खाना पकाउनदेखि भाँडा माझ्नसम्म व्यस्त हुन्छिन् ।
खाना बनाउने सवालमा जाँगरिली छिन् दुर्गा । उनलाई हरेक छाकमा आलुको अचार चाहिन्छ । दाल, तरकारी र अचार बनाएर मात्रै खाना खान्छिन् । पकाउन जति रमाइलो लाग्छ भाँडा माझ्न भने त्यति जाँगर लाग्दैन । ‘पकाउने भएपछि भाँडा माझ्नै पर्यो । किचन सफा चाहिन्छ त्यसकारण हरेक पटक माझ्छु,’ दुर्गाले भनिन् ।
उनलाई आफुले पकाएको सवथोक मिठो लाग्छ । लौकाको स्वाद चाहिँ त्यति मन पर्दैन तर, पनि खान्छिन् बेला-बेलामा । ‘लौका स्वस्थ्यको हिसावले पनि ठिक छ भन्ने सुनेपछि लौकाको तरकारी खाने गरेकी छु । तर, त्यति मिठो लाग्दैन,’ उनले भनिन् ।
काठमाडौंमा हुँदा नियमित आफैंले खाना बनाउने गरेकी उनले घर (झापा) मा भने धेरै भान्साको काम गरिनन् । ‘आमा र दिदीहरुले खाना बनाउनुहुन्थ्यो । म कान्छी छोरी भएकाले भान्सामा त्यति धेरै काम गरिनँ,’ दुर्गाले भनिन् ।
गाउँमा हुँदा अँगेनामा दाउरा बालेर चिया बनाएको अनुभव छ । उनलाई राम्ररी दाउरा मिलाएर आगो बाल्न आउदैन । अरु कसैले अँगेनामा दाउरा जोडेर आगो बाल्दिनुपर्छ ।
सेलरोटी बनाउन ट्राइ त नगरेकी हैनन् तर, जानिनन् । उनको घरमा आमा र ठुल्दिदीलाई मात्रै सेल बनाउन आउँछ । ‘तिहारमा घर गएको वेला जहिल्यै ट्राइ गर्छु, तर बिग्रन्छ,’ दुर्गाले भनिन् ।
भातमा पानी अड्कल्न वा तरकारीमा नुन पिरो ठिक्क बनाउन भने उनलाई कसैले सिकाउनु पर्दैन । बिलुनो खाने भएकाले नुन थोरै राख्छिन् । चिकेन ग्रेभी उनले पकाउने मध्ये उत्कृष्ट परिकार हो । अनि आलुको अचार ।
कार्यक्रमको सिलसिलामा बाहिर धेरै खाना खाने भएकाले घरमा मासुको रुटिन नियमित छैन । सातामा एक पटक कुखुराको मासु खाने गरेकी दुर्गा बेला-बेला माछा पनि बनाउछिन् । माछा उनको अर्को मनपर्ने परिकार हो ।
No comments:
Post a Comment