अम्बानीको हजार करोड लगानीमा आमिर खानको महाभारत आउने - Sital Chautari .com

ताजा अपडेट



Monday, March 26, 2018

अम्बानीको हजार करोड लगानीमा आमिर खानको महाभारत आउने


वर्षमा कम फिल्ममा देखिने चर्चित भारतीय अभिनेता आमिर खानको ड्रिम प्रोजेक्ट महाभारत बारे चर्चा शुरु भएको छ । आमिर खानको महाभारत करिब एक हजार करोडमा बन्न लागेको ट्रेड एनालिटिक मुकेश अम्बानीले बताएका छन् । भारतीय व्यापारी एवं रिलायन्स का मालिक मुकेश अम्बानीसँग मिलेर एक हजार करोड रुपैयाँमा यो प्रोजेक्टमा लगानी गर्ने छन् । तर यसबारे औपचारिक धारणा भने सार्वजनिक भएको छैन ।
अम्बानीले यसअघि पनि कयौं अन्तर्राष्ट्रिय प्रोजेक्टमा लगानी गरिसकेका छन् । तर यस पटक महाभारतको प्रोजेक्टमा उनी को प्रोडुसर हुने छन् । आमिर खानको यो महाभारत पाँच भागमा बनाइने छ । फिल्मको हलिउड सिरिज ह्यारी पोर्टर या गेम अफ थ्रोन्सको जस्तै बनाइने तयारी गरिएको छ । जसमा सबै भव्य हुनेछ । आमिर खानले यो फिल्ममा आगामी १० वर्षसम्म महाभारतमा काम गर्नेछन्, यसबीचमा पाँच भागमा महाभारतको अलग अलग कहानीमा फिल्म बन्ने छ । महाभारत उनको ड्रीम प्रोजेक्ट हो । ठग्स अफ हिन्दुस्तानको काम सकिना साथ उनी महाभारतको कथामा लाग्ने भारतीय सञ्चार माध्यमहरुको दाबी छ । स्रोतहरुका अनुसार यो फिल्मको पहिलो सिरिजको निर्देशन अद्वैत चन्दन गर्ने वाला छन् । समाचारहरुका अनुसार आमिर खान श्रीकृष्ण को रोलमा देखिनेछन् । तर आमिरको मनपर्ने चरित्र भनेको कर्ण हुन् ।

No comments: