हङकङको सरकारले आफ्ना एक तिहाई नागरिकलाई ४ हजार हङकङ डलर अर्थात् ५ सय १० अमेरिकी डलर राहत दिने भएको छ । गत महिना सार्वजनिक गरिएको बजेटबाट लाभान्वित नहुने २८ लाख व्यक्तिहरुले यस्तो राहत पाउनेछन् ।

अर्थमन्त्री पाउल चान मो–पोले यसको घोषणा गरेका हुन् । सरकारले बजेटबाट उब्रेको १ अर्ब ३८ करोड हङकङ डलर नागरिकहरुलाई बाँड्न लागेको हो ।
यो रकम १८ वर्ष वा सोभन्दा माथिका बासिन्दा, जसको आफ्नो सम्पत्ति छैन, सरकारबाट कुनै भत्ता पाउँदैनन् र अर्को हप्ता सकिने आर्थिक वर्षका लागि आयकर तिर्ने छैनन्, उनीहरुलाई दिइनेछ ।
अर्थमन्त्री चानले कर नतिर्ने तर आफ्नै जायजेथा भएका सिमित संख्याका व्यक्तिहरुलाई पनि सहयोग गर्ने घोषणा गरेका छन् ।
सरकारको घोषणालाई सरकार पक्षधर विधायकहरुले स्वागत गरे पनि विपक्षीहरुले भने रकमको परिमाणमाथि प्रश्न उठाएका छन् । चानले भने आफूहरुले वितरण गरेको रकम सन्तुलित भएको दावी गरेका छन् ।
‘विगत केही सातायता विभिन्न राजनीतिक पार्टीबाट विभिन्न परिमाणका लागि सुझाव आएका थिए । हामीले ती सबैलाई विचार गरेर सन्तुलित रुपमा चार हजार हङकङ डलरको निर्णय लिएका हौं र यो रकम सही छ,’ उनले भने ।
चानले गत २८ फेबु्रअरीमा प्रस्तुत गरेको बजेटमा बृद्धबृद्ध तथा अशक्तहरुको भत्ता बढाइएको छ । यसबाट २० लाख नागरिकहरु लाभान्वित हुनेछन् ।
No comments:
Post a Comment