१० महिनापछि फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको कारण खुल्यो - Sital Chautari .com

ताजा अपडेट



Wednesday, March 28, 2018

१० महिनापछि फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको कारण खुल्यो

राष्ट्रिय फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु ‘ह्याङ्गिङ’ अर्थात् झुन्डिएर भएको पुष्टि भएको छ । २०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाको मृत्युको कारण १० महिनापछि खुलेको हो । उनको मृत्युको कारण ह्याङ्गिग भएको ठहर गर्दै मनिषाका प्रेमी अर्थात् हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई नवलपरासी जिल्ला अदालतले सफाई दिएको छ ।
मनिषा मृत अवस्थामा भेटिएपछि उनको हत्या चौधरीले नै गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । साथै आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो ।
यसअघि मनिषाको पोस्टमार्टम गर्दा रिपोर्टमा चिकित्सकहरुले उनको मृत्यु ह्याङ्गिङका कारण भएको बताएका थिए । तर मनिषाको हत्या नै गरिएको भन्दै घटनास्थलमा फेला परेका प्रमाणका आधारमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरीले मनिषाको घटना भएको राति आफ्नो र मनिषाको झगडा भएको तर हत्या नगरेको दाबी गरेका थिए ।
त्यसपछि झुटो बोलेको हो या होइन भनेर पुष्टि गर्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर उनको पोलिग्राफ टेष्ट गरेको थियो । पोलिग्राफ टेष्टमा उनले साँचो बेलोको देखिएको थियो । अहिले अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

No comments: