शंकर बि.सी.को धम्कि पत्रकार प्रकाश ढकाल लाई “होस् गर नत्र भेट्लास दह्रो कुटाइ” - Sital Chautari .com

ताजा अपडेट



Wednesday, March 28, 2018

शंकर बि.सी.को धम्कि पत्रकार प्रकाश ढकाल लाई “होस् गर नत्र भेट्लास दह्रो कुटाइ”

कलाकारहरु समाजका अनुशासित व्यक्तिहरुमा पर्छन । ठूलोको सम्मान र सानाको माया गर्नु कलकारको धर्म मानिन्छ । तर केही कलाकाहरु ठगी मुद्धा, गीत चोरीको आरोप खेपी रहेका छन् ।
पत्रकारहरुको ठूलो साथले कलाक्षेत्रमा अस्तित्व स्थापना गर्न सफल कलाकारहरु नै पत्रकारहरु माथि निच रुपमा प्रस्तुत हुनु समान्य रुपमा लिन सकिदैन ।
काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा रिपोर्टीङका लागि पुगेका फिल्मिजुम डटकमका फोटो पत्रकार प्रकाश ढकालमाथि कलाकार तथा लोकदोहोरी प्रतिष्ठानका कार्यसमिती भित्रकै पदाधिकारी समेत रहेको शंकर बि।सी।ले दुर्व्यवहारका साथै धम्कि दिएका छन् ।
दोहोरी प्रतियोगितको उद्घाटन समारोह चलिरहदा दर्शकका लोकप्रिय मानिएका यि कलाकारले बोलेका केही शब्दहरु सुन्दा उनैका फ्यानहरुलाई पनि अपाच्य हुन्छ ।
कार्यक्रमको स्टेजभन्दा पछाडी लोक गायक चोलेन्द्र पौड्यालको अन्तर्वार्ता लिईरहेको बेलामा क्यामराको अगाडीबाट गए पछि क्यामरामा अन्तर्वार्ताको भिडियो कैद गरिरहेका पत्रकारले शंकरलाई हेरेको भन्दै ति पत्रकारले उनलाई घुरेर हेर्ने हैसियत नभएको भन्दै तत्कालै लोक गायक राजन गुरुङ लगायत केही व्यक्तिहरु लिएर पत्रकारलाई धम्क्याउन थाले ।
हाम्रो कार्यक्रममा आएर अन्तर्वार्ता लिने अरु अन्तर्वार्ता लिने ठाउँ छैन । होस गर दुख पाउलास जस्ता धम्किपुर्ण भाषा बोलेका थिए । धम्किपुर्ण भाषा बोलेको भिडियो फिल्मिजुमसंग सुरक्षित छ ।
लाखौ दर्शकका ढुकढुकी बनेका शंकरको घमण्डिपन उक्त बोलिबाट कति रहेछ स्पस्ट देख्न सकिन्छ । केहिदिन अगाडी मात्रै पत्रकारले लोक दोहोरी क्षेत्रलाई साथ नदिएको भन्दै लोकदोहोरी प्रतिष्ठानका पदाधिकारीहरुले पत्रकार सम्मेलनमै दुखेसो पोखेका थिए ।
यस्ता खालका कलाकार कार्यसमितिमा हुने र बेकारमा लफडा झिक्दै उल्टो पत्रकारलाई धम्कि दिने पदाधिकारीका कारण पनि मिडियाबाट लोक दोहोरि क्षेत्र पछि परेको हो भन्दा फरक नपर्ला ।
Image result for shankar bc

No comments: