
जेठ, काठमाडौ।
संघीय संसद्को निर्वाचनमा मोरङ–६मा कांग्रेस नेता शेखर कोइरालासँग वामगठबन्धनका तर्फबाट लालबाबु पण्डित प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसको उर्वरभूमि मानिएको विराटनगरमा कोइराला परिवारका उत्तराधिकारी शेखरसँग लालबाबुकोे प्रतिस्पर्धालाई लिएर विभिन्न अड्कलबाजी भए ।
संघीय संसद्को निर्वाचनमा मोरङ–६मा कांग्रेस नेता शेखर कोइरालासँग वामगठबन्धनका तर्फबाट लालबाबु पण्डित प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसको उर्वरभूमि मानिएको विराटनगरमा कोइराला परिवारका उत्तराधिकारी शेखरसँग लालबाबुकोे प्रतिस्पर्धालाई लिएर विभिन्न अड्कलबाजी भए ।
अघिल्लोपटक सामान्य प्रशासनमन्त्री बन्दा लालबाबुको चर्चा देश–विदेशमा छाएको थियो । विदेशको डिभी, पिआर लिएका सरकारी कर्मचारीमाथि उनले गरेको कडाइका कारण मात्र नभई साइकल चडेर मन्त्रालय आवत–जावत गर्ने उनको ‘सादगीपन’ले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
विराटनगरजस्तो कांग्रेसको किल्लामा कोइराला परिवारका उत्तराधिकारी शेखरलाई हराउन त्यही ‘सादगीपन’ले प्रमुख भूमिका खेल्यो । तर, यसपटक मन्त्री बनेर उनले बुझाएको सम्पत्ति विवरणले ‘सादगीपन’को खिल्ली उडाएको भन्दै उनको आलोचना भइरहेको छ ।
गत कात्तिकमा संघीय संसद्को निर्वाचनमा उम्मेदवार बनेपछि उनले पत्रकार सम्मेलन गरेर आफू गरिब भएकाले चुनावी खर्च नभएको भन्दै गुनासो गरेका थिए । पत्रकार सम्मेलनमा उनले ०४८ सालमा ३० हजार रुपैयाँले चुनाव लडेको, ०५१ मा चुनावी खर्च ७० हजार र ०५६ सालमा साढे ३ लाख लागेको विवरण पेस गर्दै यसपटक चुनाव लड्न खर्च नभएको बताएका थिए ।
सात महिनाअघि निर्वाचन प्रचारप्रसारका क्रममा पानी किन्ने पैसा पनि नभएको भन्दै कार्यकर्तालाई पानी किन्न लगाएर खाने तिनै लालबाबुको सम्पत्ति विवरणमा अहिले एकाएक ५५ लाख बैंक ब्यालेन्स देखिएपछि उनको ढोँग राम्रैसँग उदांगिएको छ ।
सम्पत्ति विवरणमा लालबाबुले एभरेस्ट बैंकमा २५ लाख नगद, कृषि विकास बैंकमा ३० लाख नगद र १० तोला सुन प्रस्तुत गरेका छन् । उनले पैतृक, स्वआर्जन र बचत भन्दै सम्पत्तिको स्रोत खुलाएका छन् ।
कात्तिक भएको निर्वाचनका क्रममा पानी किन्नेसम्म पैसा नभएका उनको पछिल्लो सात महिनाको आम्दानी ५५ लाख देखियो । यसरी हेर्दा पछिल्लो सात महिनामा उनले औसतमा मासिक ८ लाख आम्दानी गरेको देखिन्छ ।
अघिल्लो ३ महिनाको सांसद भत्ता र पछिल्लो ३ महिनाको मन्त्री भत्ता हिसाब गर्दा पनि उनको आम्दानी १० लाख नाघ्दैन । तर, उनको बैंक खातामा ५५ लाख कहाँबाट आयो भनेर दुनिया दङ खाएको छ ।
चुनाव प्रचारका लागि उनलाई १००–२००का रिचार्ज कार्डदेखि खाडी मुलुकबाट नेपाली मजदुरले रकम संकलन गरेर ६० हजार पठाएको पण्डितले बताएका छन् । चुनाव प्रचारका क्रममा ८ लाख खर्च भएको र सोको विवरण आफूले पार्टीलाई बुझाइसकेको पनि उल्लेख गरेका छन् ।
पछिल्लो समय उनीसँग नगद र सुनचाँदी गरेर ६० लाख हाराहारीको अचल सम्पत्ति देखिएपछि विभिन्न आशंका गर्न थालिएका छन् । के उनले चुनावमा पाएको चन्दा बैंकमा संकलन गरेका रहेछन् ? कि मन्त्री बनेपछि कहीँ–कतैबाट उनलाई नगद उपहार आयो ?
त्यसवेला ‘मत किनेर म चुनाव लड्दिनँ, नैतिकताको राजनीति गर्छु’ भनेर सहयोग जुटाएका लालबाबु सम्पत्ति विवादमा आएपछि ‘श्रीमतीको पैसा मेरो चुनावमा कसरी खर्च गरूँ ?’ भन्न थालेका छन् ।
आफूसँग अहिले भएको सम्पत्ति ‘श्रीमतीलाई उनको परिवारले छोरीलाई भनेर दिएको’ पण्डितको स्पष्टीकरण छ । एउटा कम्युनिष्ट कार्यकर्ताले ससुरालीको दाइजो–उपहार ग्रहण गर्नु नैतिक आचरणभित्र पर्छ कि पर्दैन ? कि आफूले कमाएको सम्पत्ति श्रीमतीको नाममा राख्ने अनि आफू ‘सदाबहार सर्वहारा’ बन्ने छुट कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि पाइने हो ? मन्त्री पण्डितको स्पष्टीकरणले यो सवाल उठाएको छ ।
sabhar hareka pal.com
No comments:
Post a Comment