चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख - Sital Chautari .com

ताजा अपडेट



Monday, April 23, 2018

चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख

चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे । 
बालबालिकाले विद्यार्थी साथी मदन केसीलाई ब्लड क्यान्सर भएकाले उनको उपचारमा सहयोग जुटाउन चिया बेच्न थालेको भनेर जानकारी दिन्थे । स्थानीय गौरीशंकर बोर्डिङ स्कुलका ५, ६ र ७ कक्षा पढ्ने विद्यार्थीले ब्लड क्यान्सर साथीको उपचारमा सहयोग गर्न थालेको अभियानलाई स्थानीयले साथ दिए । उनीहरू चिया पिउँथे र इच्छाअनुसारको रकम बक्सामा खसालेर जान्थे । त्यसरी चियाबेच्दा माघ १७ देखि २३ गतेसम्मको अवधिमा ३ लाख १२ हजार रकम संकलन भयो ।, यो खबर आजको कान्तिपुरमा छ ।मट्टीतेलको स्टोभमा पाकेको चिया प्लास्टिकको गिलासमा हालेर दिन थालेपछि स्थानीय के रहेछ भन्दै नजिक गएर बुझ्न खोज्थे ।

No comments: